• झापा । देवचुली जेसिजले आयोजना गरेको सप्ताहब्यापी कार्यक्रमको समापन भएके छ । बिहिवार जेसिजले दलदलेमा देबचुली नगर दिगो बिकास र चुनौती विषयक अन्रक्रिया सहित समापन समारोह सम्पन्न गरेको हो । अन्तरक्रिया मा देवचुली जेसिजका सल्लाहकार नारायण पौडेलले देवचुली डाँडालाई नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्र निर्माण गरी पर्यटकीय जोनको रुपमा स्थापित गर्न सकिने , देबचुली नगरपालिकामा रहेको बहुभाषिक बहुधार्मिक संस्कृतिको पर्वद्धन गर्दै लैजानुपर्ने, युवा वर्गमा देखिएको बिचलनको अवस्थालाई उद्यमशिलता र रोजगारमा परिणत गर्न सके बिकासले महत्व राख्ने कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा बढ्दो दुब्र्यसनी, कृषिजन्य बस्तुको वजार प्रवद्र्धन नहुनु, यातायात क्षेत्रलाई ब्यवस्थित गर्न नसक्नु, नगरपालिकामा रहेका अब्यवस्थित जमिनलाई भू निति लागु गरी नितिगत ब्यवस्था गर्न नसक्नु, फोहोरलाई मोहोरमा परिणत गर्न नसक्नु लगायतका चुनौती रहेको थियो । अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका देवचुली नगरपालिकाका मेयर पूर्ण कुमार श्रेष्ठले नगरपालिकाको बिकासको पूर्वाधारका रुपमा स्थानीय सडकहरु कलोपत्रे गर्नेदेखि स्तरोन्नति गर्ने, देबचुली डाँडामा जाने पदमार्गको डिपीआर तयार पार्ने, फोहोर ब्यवस्थापनको लागी स्थायी ठाउँको पहिचान गर्न स्थलगत अध्ययन गर्ने, नगरपालिकाको प्रोफाईल तयार गर्ने लगायतका महत्वपूर्ण काममा लागेको बताउँदै नगरपालिकाले अगाडी सारेका योजना कार्यक्रममा बिभिन्न कोणवाट अवरोध खडा भएको भन्दै नगरपालिकाले हरेक क्षेत्रका बिज्ञहरुको सम्मेलन गरी त्यसबाट प्राप्त सल्लाह सुझाव अनुरुप देवचुली नगरपालिकाको दिगो बिकासतर्फ कटिबद्ध भएर लाग्ने बताउनुभयो । नगर शिक्षा समितिका प्रमुख मोती रिजाल, स्वास्थ्य शाखाका प्रमुख शिव पराजुली, नगर पशु शाखा प्रमुख धनेश्वर खनाल, वडा नम्वर ९, १०, १३, १४, १६ र १७ का वडाअध्यक्षहरु, कार्यक्रममा प्रगतिनगर खानेपानी संस्थाका अध्यक्ष खिमानन्द भुसाल, देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशम सापकोटा, सफल ब्यवसायी कृष्ण गौतम, लागयतले कार्यपत्रमाथि सल्लाह सुझाव दिनुभएको थियो । कार्यक्रममा सि जी ग्रुपका तर्फबाट सुदर्शन शर्मा, प्राकृतिक चिकित्सालयबाट हरि सापकोटा, जागृति बाल तथा युवा सरोकारका दिपक शर्मा, लगायतले सुझाव दिनुभएको थियो । कार्यक्रममा देबचुली जेसिजको मातृ शाखा गैंडाकोट जेसिजका अध्यक्ष गोकुल सापकोटा, रजहर जेसिजका अध्यक्ष चित्रध्वज जिसी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता देबचुली जेसिजका बर्ष २०१८ अध्यक्ष शालिकराम पुरीले तथा संचालन महासचिव निलकण्ठ पोख्रेलले गर्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…