• मंसिर १४, काठमाडौं । अन्नपूर्ण मिडिया नेटवर्कबाट सञ्चालित एपीवान एचडी टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन(टू यू(ट्यूवमा खोजी गरिने संसारभरका आइडल शोमध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ ।

    हजारौं आकांक्षीलाई पछि पार्दै छानिएका प्रतिस्पर्धीले एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिइरहँदा नेपाल आइडल सर्वाधिक खोजी गरिने शो बनेको हो ।  हरेक विहीवार र शुक्रवार साँझ साढे ८ बजे प्रशारण हुँदै आएको नेपाल आइडल सिजन( टूमा विभिन्न जिल्लामा गरिएको अडिसनमा सहभागी हजारौँबाट छानिएका उत्कृष्ट ६ जना प्रतिस्प्रर्धी बाँकी छन् ।

    शुक्रबारको एलिमिनेसनपछि टप फाइभ रहनेछन् । प्रतियोगीको प्रस्तुति, कार्यक्रमको उत्पादन, व्यवस्थापन तथा दर्शकको भावना अनुसारका गीत संगीतको छनौटले नेपाल आइडलको लोकप्रियता बढेको कार्यक्रमका निर्देशक सुरेश पौडेलको ठम्याइ छ ।

    ुगत वर्षको अनुभवले हामीलाई आइडल थप राम्रो बनाउन हौसला मिलेको छ, आगामी दिनमा आइडललाई अझै दर्शकको मन जित्ने अविस्मरणीय श्रृङखला बनाउन हामी लागि रहने छौूँ, पौडेलले भने ।

    नेपाल आइडलले अन्तर्राष्ट्रियस्तरसम्म प्रभाव जमाउन व्यवस्थापन, कार्यक्रम उत्पादनमा सहभागी दक्ष सहकर्मी, बाध्यवाधन, स्टेज तथा लाइट व्यवस्थापन, क्यमरा व्यवस्थापनको सहयोगले नै सम्भव भएको निर्देशक पौडेलको भनाइ छ ।

    ुविश्वभरमा ६० वटा भन्दा धेरै देशले प्रशारण गर्ने आइडलमा नेपाल दर्शकको माया र साथ पाउँदै दोस्रो स्थानमा रहन सफल भएको छ, हामी दर्शकको माया र साथलाई सँगसँगै अगाडि बढाउँदै आइडलको इतिहासमा नेपाललाई अग्रस्थानमा पुर्‍याउने छौुं, निर्देशक पौडेलले भने, ुहरेक एपिसोडमा नयाँपनको आभास दिने गरी नेपाल आइडल निर्माण हुन्छ । आगामी एपिसोड अझै चोटिला बन्ने छन्, म सबैलाई विश्वस्त पार्न चाहन्छु ।ु

    नेपालमा एकै पटकमा टेलिभिजन हेर्ने दर्शकको संख्या जान्न कुनै संयन्त्र नभएकाले यूट्यूबका दर्शकको आधारमात्र मापन गर्न सकिने अवस्था छ । यू(ट्युब भ्यूको आधारमा नेपाल आइडल सबैभन्दा धेरैले हेर्ने नेपाली रियालीटी शोमा परिरहेको छ ।

    आइडलको लोकप्रियता र स्थान जान्नका लागि विश्वभर इन्टरनेटमार्फत् प्रशारण हुने कार्यक्रमबारे जानकारी दिने ट्रेन्स् डट गुगल डट कममा गएर आइडल सर्च गरी वर्ल्डवाइड अप्सनमा जान सकिन्छ, त्यसपछि वेब र युट्युब छनौट गरेर हेर्न सकिन्छ ।

    अन्तर्राष्ट्रिय मापदण्डमा निर्माण र प्रशारण भइरहेको आइडल बेलायती टेलिभिजन कार्यक्रम उत्पादक सिमन फुलरले २००१ अक्टोबर ६ तारिख सुरु गरेका थिए । अहिले विश्वका ६० देशमा आइडल चलिरहेको छ । प्रतिस्पर्धीको मिहिनेत, निर्माण पक्षको नवीन प्रस्तुतिको सक्षमता र दर्शकको मायाले नेपाल आइडल विश्वकै उत्कृष्ट रियालिटी शोमा परेको हो । नेपाल आइडलले नेपाली कला संस्कृति र गीत संगीतलाई विश्वसामू चिनाउन सफल भएकोमा एपीवान टेलिभिजनले खुसी व्यक्त गरेको छ ।समाचार अन्नपूर्ण पोष्टमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…