• गत प्रतिनिधिसभा निर्वाचन अगाडि टुक्रिएको पूर्व राजावादीहरुको पार्टी नेपाल प्रजातन्त्र पार्टीका विभिन्न हागा“हरुबीच एकताको प्रयास भइरहेको छ । तर, एकतामा विचार र सिद्धान्त भन्दा अध्यक्ष को बन्ने भन्ने विषयले प्रसय पाउँदा प्रयास सार्थक बन्न सकिरहेको छैन् । तथापी नेताहरु एकिकरणका लागि आफुहरु गम्भिरताका साथ लागिरहेको बताउँछन् । तर, त्यसको नतिजा कहिले आउने हो त्यो भने आएपछि मात्रै थाहा हुने स्थिति छ । राप्रपाको एकता प्रक्रिया र समसामयीक राजनीतिका विषयमा राप्रपा अध्यक्ष कमल थापासंँग गरेको कुराकानीको सारसंक्षेप :-

    राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य विचार मिल्ले पार्टीहरुबीच एकता गर्ने प्रक्रिया लामो समयदेखि चलिरहेको थियो । तर, अहिले एकले अर्कालाई आरोप प्रत्यारोप लगाएर हिडेकाले विथोलिएको जस्तो देखिएको छ, खास कारण के हो ?

    राप्रपाले विचार र सिद्धान्त मिल्ने पार्टीसंग पार्टी एकताको ढोका सदैव खुल्ला राख्दै आएको छ । राखिरहने छ । हामीले घोषणा गरेका जनसंघर्षका कार्यक्रमहरुलाई सफलतापूर्वक सम्पन्न गर्न राप्रपा अगाडि बढिसकेको छ । त्यो काम गर्ने, संगठन सुदृढ बनाउने र बिचार मिल्ने पार्टीका नेताहरुसंग बार्ता गरी एकताका लागि प्रयास गर्ने काम पनि संगसंगै अगाडि बढाउँछौ ।

    टाउका मात्र एक ठाउँमा जोडेर गरिने एकताबाट शक्ति प्राप्त नहुन सक्छ । तसर्थ पार्टीको विचार तथा एजेण्डाप्रति इमानदारीतापूर्ण सक्रियता र निस्काम कर्मप्रतिको प्रतिबद्धता हुनेखालेको एकता गर्ने हाम्रो प्रयास जारी छ । राप्रपालाई यथार्थ रुपमा ठुलो राष्ट्रवादी शक्ति बनाउन कसरी एकता गर्ने हो, त्यसका लागि हामी लागिरहेका छौ ।

    तर, एकतामा आउन लागेका राप्रपा (प्रजातान्त्रिक) र एकिकृत राप्रपा (राष्ट्रवादी)ले त राप्रपाका कारण एकता पर ढकेलिएको बताउँछन त ?
    त्यो त मैले भनिरहनु पर्ने विषय होइन, मिडियामा आएका समाचार हेर्दा पनि प्रष्ट भइहालिन्छ । २६ कात्तिकमा एकता गर्नका लागि २५ कात्तिकमा राप्रपाका काठमाडौंमा उपलव्ध पदाधिकारी र केन्द्रिय सदस्यहरुको बैठक बोलाएर व्रिफिङ थालिएको थियो ।

    व्रिफिङ चलिरहेको बेलामा राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर जीले टेलिफोन गरेर बार्ताका लागि बोलाउनु भयो । बार्तामा महाराजगञ्जस्थित एक होटलमा पुगेपछि उहाँले नै केहि दिनका लागि एकता सार्नु पर्ने प्रस्ताव राख्नु भयो ।

    एकिकृत राप्रपा (राष्ट्रवादी)को कार्यसम्पादन समितिको बैठक बस्नु पर्ने भएकाले डा. प्रकाशचन्द्र लोहनीले समय मागेको उहाँको भनाई थियो । त्यसपछि एकता प्रक्रिया केहि समय लम्विएको हो, अब भन्नुस् एकता राप्रपाको कारण लम्बियो, कि अन्य पार्टीहरुका कारण ?

    चुनाव चिन्ह र राजसंस्थाको विषयमा पनि तपाईहरुबीच मतैक्यता नभएको भनाईहरु बाहिर आएका छन् नि ?

    हामीले प्रष्ट कारणसहित चुनाव चिन्ह पार्टी एकिकरण भएपछि पनि गाई राख्नु पर्छ भनेका हौ । जो अहिले राप्रपाको चुनाव चिन्ह छ । किनकि २०७० सालको निर्वाचनमा गाई चुनाव चिन्ह लिएर लडेको राप्रपा नेपाल चौथो ठुलो पार्टी बनेको थियो ।

    २०७४ सालको निर्वाचनमा पनि राप्रपा जोडिएका अन्य कुनै पार्टीले नजित्दा हामीले प्रतिनिधि सभामा एउटा र स्थानीय तह निर्वाचनमा एक उपमहानगरसहित केहि गाउँपालिकामा चुनाव जितेका छौ । त्यो गाई चुनाव चिन्हमा लडेर नै हो । तसर्थ अन्य चुनाव चिन्ह भन्दा गाईको लोकप्रियता देखियो, त्यसैले गाई चुनाव चिन्ह राखौ भन्ने प्रस्ताव हामीले एकतासम्वन्धि छलफलमा राखेका हौ ।

    जहाँसम्म राजसंस्था सम्वन्धि विषय छ । हामीले पार्टी एकता २०७४ सालमा भएको एकता महाधिवेशनको जस्तावेजका आधारमा गर्ने भनेका थियो । त्यो एकता महाधिवेशनको जस्तावेजमा संबैधानिक राजसंस्था पार्टीको आधिकारिक लाईन रहने भन्ने उल्लेख छ । अनि कसरी राप्रपाले राजसंस्थाको विषय उठायो भन्न मिल्छ ? त्यसबेला यो विषय सबैले स्वीकारेको होइन र ।

    अब कहिलेसम्म हुन्छ त पार्टी एकता ?

    अहिलेसम्म पार्टी एकता हुने मिति तय भइसकेको अवस्था छैन् । एकतासम्वन्धि बार्ताहरु विभिन्न तहमा र चरणमा भइरहेका छन् । एकतामा कुन कुन विषयमा कसरी जाने भन्ने विषयमा कुराकानी भइरहेको छ । सबै विषय टुंगिसकेका छ्रैनन् । माथी भनेजस्तै चुनाव चिन्ह, राजसंस्था लगायतका विषयमा कसरी अगाडि बढ्ने भन्ने बारेका कुराकानी भइरहेको छ । निक्योल निस्किनसकेकाले एकताको मिति तय हुन सकेको छैन् ।

    एकतापछि नेतृत्व कसले लिने भन्नेमा पनि सहमति नबनेको हो ?

    नेतृत्वका विषयमा विवाद छैन् । एकता भएपछि महाधिवेशन नहुने बेलासम्म चक्रिय प्रणाली अनुरुप तीन पार्टीका अध्यक्ष पालैपालो अध्यक्षा भन्ने भन्नेछ । जुन एकता महाधिवेशन अघिसम्म पनि थियो ।

    पछिल्लो समय राप्रपाले आफ्ना एजेण्डा विर्सेकोले पनि राष्ट्रवादी शक्ति निर्माण हुनेमा धेरैले संकाको ध्ययले हेरेका छन नि ?

    नेपालको राजनीतिमा अस्तित्वमा रहेका अन्य राजनीतिक दलभन्दा फरक विचार र मान्यताका साथ स्थापना भएको पार्टी राप्रपा भएकोमा कसैको दुईमत छैन । राप्रपाले अब आफ्ना लक्षीत एजेण्डाहरुलाई उच्च महत्व दिएर अघि बढ्नेछ । अहिलेपनि आफ्ना एजेण्डालाई जनतासामु पुर्याउने काम गरिरहेको छ ।

    हिन्दु राष्ट्र, संवैधानिक राजसंस्थाको पुनस्र्थापना र स्थानीय स्वायत्त शासन प्रणालीको लागि पार्टीले घोषणा गरेको जनसंघर्षका कार्यक्रम सफल बनाउन अहिले देखि नै तल्लो तहसम्म संगठन विस्तारमा जोड दिने हाम्रो नीति हो ।

    हिन्दुराष्ट्र र राजसंस्थाको पुनस्र्थापना तथा संघीयता विरुद्धको जनसंघर्षका कार्यक्रम के का लागि गर्न लाग्नु भएको हो ?

    जनताको प्रत्यक्ष अभिमतबिना जबर्जस्ती लादिएको गणतन्त्र, धर्म निरपेक्षता र संघीयताले मुलुकलाई नकारात्मक दिशातर्फ लैंजादैछ  भन्ने धरातलीय यथार्थ छर्लङ्ग हुँदै गइरहेको अवस्था जगजाहेरै छ ।  पार्टी एकता वा कुनै अर्को वहानामा अलमल नगरी आगामी तीन महिना संगठन निर्माणमै केन्द्रीत रहन्छौ ।

    फागुन ७ गतेबाट सुरु हुने हिन्दुराष्ट्र र राजसंस्थाको पुनस्र्थापना तथा संघीयता विरुद्धको जनसंघर्षका कार्यक्रमलाई सफल पार्ने तयारीका लागि हामी संगठन निर्माण अभियानमा लागेका हौ ।

    परिवर्तनका संवाहक हौं भन्नेहरुले १२ वर्षको अवधीमा देखाएको अकर्मण्यता, देशको ढुकुटीमा गरेको ब्रम्हलुटका कारण जनताले विकल्प खोज्न थालिसकेका छन् । त्यो विकल्प राप्रपा बाहेक अन्य कुनै शक्ति हुन सक्दैन । त्यसका लागि हामाी जनसंघर्षको कार्यक्रम गर्न लागेका हौ ।

    कतिले त राप्रपाको विचारको अस्तित्वमाथि पनि प्रश्न चिन्ह उठाउन थालिसके त ?

    हिन्दु राष्ट्र, राजसंस्था र स्थानीय स्वायत्त शासन प्रणाली भन्ने राप्रपाको विचारको अस्तित्व नेपालको भू—राजनीतिक अवस्था र साँस्कृतिक परिवेश कायम रहुन्जेलसम्म नै कायम रहन्छ । तसर्थ पार्टीको मूलभुत नीति र सिद्धान्तप्रति प्रतिबद्धता जनाउँने जुनसुकै पार्टी, समुहहरुको लागि सदैव एकताको ढोका खुल्ला रहेको छ । हामीले खुल्ला हृदयले हामीसंग मिसिन चाहनेलाई सदैव स्वागत गर्छौ ।

    एकतीर पार्टी एकता, अर्कोतिर जनसंघर्षका कार्यक्रम यसको तारतम्यता कासरी मिल्छ त ?

    पार्टी एकता खुशीको कुरा भए पनि अहिलेको अवस्थामा एकताका नाममा अल्मलीने छुट राप्रपालाई छैन् । हिन्दु राष्ट्र तथा राजसंस्था पुनस्र्थापना गर्ने बाटोमा अघि बढ्नै पर्ने आजको आवश्यकता हो ।

    तसर्थ एकताको ढोकालाई सधैं खुल्ला राख्दै पार्टीले सार्वजनिक गरेका जनसंघर्षका कार्यक्रमहरुलाई सफल तुल्याउन संगठन विस्तारमा हामीले जोड दिइरहेका छौ ।

    जोड दिन पार्टीका सबै तह र तप्काका नेता, कार्यकर्ताहरुलाई पार्टीले निर्देशन समेत दिइसकेको त । आम जनताले वर्तमान राज्यसत्ताको विकल्प खोजिरहेको अवस्थामा यो वा त्यो वहानामा अलमल नगरी उच्च मनोवलका साथ संगठन निर्माण र विस्तारमा जुटेमा पार्टीका एजेण्डा स्थापित गर्नमा राप्रपालाई कसैले रोक्न सक्दैन ।

    संघीयता, धर्म निरपेक्षता र गणतन्त्रको विपक्षमा जनमत बढ्दै गएको छ । अहिले तल्लो स्तरसम्म संगठन विस्तारमा जोड दिएमा पार्टीले लिएका एजेण्डालाई स्थापित गर्न कुनै गाह्रो छैन । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…