काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय खोज्दै देशका प्रमुख शहरहरूमा प्रदर्शन भयो ।
उता न्यायका लागिनै धर्ना बस्दै आएका निर्मला पन्तका बुवाको हाल काठमाडौं आफ्नै उपचार गराइरहेका छन् ।
काठमाडौंमा निर्मलाका लागि न्याय भनिएको शान्तिपूर्ण प्रदर्शनमा हजारौँ सर्वसाधारणले स्वतस्स्फूर्त रूपमा सहभागिता जनाए ।
न्याय नपाएसम्म निर्मलाका आमाबुवा पनि प्रदर्शनबाट घर नफर्कने भने आन्दोलनमा सहभागी भए।
अझै न्यायको बत्ती बल्ने संकेत देखिएको छैन् ।
न्यायका लागि निर्मला पन्तका बुवाले कति गर्न पर्ने हो सरकार ? आम नागरिकले प्रश्न उठाएकाछन् ।
निर्मलाकी आमा दुर्गादेवी पन्त र बुवा यज्ञराज पन्त न्यायका लागि भन्दै सडकमा आएको पनि धेरै भयो ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मलाका आमाबुवाले छोरीको हत्यामा प्रहरीको कमजोरी रहेको बताएका छन्।
अपराध अनुसन्धानमा संलग्न अधिकारीले निर्मला पन्त हत्याकाण्ड झन् जटिल बन्दै गएको बताएका छन्।