• काठमाडौं । एनएमवि बैंकले बैंकिङ क्षेत्रको प्रतिष्ठित बैंक अफ दि ईयर २०१८ को सम्मान पाएको छ । दि फाइनान्सियल टाईम्सले हरेक वर्ष विश्वका सबै देशका उत्कृष्ट बैंकहरुलार्इ दिने अवार्ड लगातार दोस्रो वर्ष एनएमबि बैंकले पाएको हो । विभिन्न परिसूचकहरुलार्इ आधार मानेर दिइने यो अवार्ड यस अघि सन् २०१७ मा पनि एनएमवि बैंकलाई नै दिईएको थियो ।

    अवार्ड पाएपछि एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले एक विज्ञप्ती जारी गर्दै यो सबै निक्षेपकर्ता र सेवाग्राहीहरुको सहयोगको प्रतिफल रहेको जनाएका छन् । उनले संस्थागत सुशासनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता अनुरुप दिगो एवम् मूल्य मान्यतामा आधारित बैंकिंग सेवा प्रदान गर्न सफल भएका कारण बैंकले लगातार दोश्रो वर्ष पनि नेपालकै उत्कृष्ट बैंकको उपाधि जितेको बताएका छन् ।

    उनले यो अवसरमा आगामी दिनमा मूल्य मान्यतामा आधारित दिगो बैंकिङ सेवा प्रदान गर्ने कार्ययोजनाअनुसार अगाडि बढ्ने र भविष्यमा अझ धेरै सम्मानहरु हासिल गरी सारा सरोकारवालाहरुलाई समेत उच्च प्रतिफल दिने घोषणा समेत गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…