काठमाडौं । सरकारले तीब्र जनदबाब पछि ४ दिनको लागि तोकेको जोर विजोर प्रणाली खारेज गरेको छ । ट्राफिक महाशाखाले शुक्रबार दिउँसोदेखि लागू हुनेगरी जोर विजोर प्रणाली खारेज गरेको हो ।
अामसञ्चार माध्यम र सामाजिक सञ्जालमा अमूक धर्मको प्रचारको लागि सरकारले गरेको जोर विजोर प्रणाली प्रति तीब्र आलोचना भएपछि गृहमन्त्रालयको निर्देशनमा ट्राफिक महाशाखाले दिउँसो ११:३० देखि लागू हुनेगरी यो प्रणाली खारेज गरेको जनाएको छ ।
सरकारको जोरविजोर प्रणालीको नेपाली काँग्रेसका नेता एवं सांसद् गगन थापाले पनि बिहीबार विरोध जनाउँदै यसको अवज्ञा गर्नको लागि आह्वान गरेका थिए । यसको विरोधमा शुक्रबार मात्रै युथ कँग्रेस नामक संगठनले यसको अवज्ञामा मोटरसार्इकल र्यालीको आयोजना गरेको थियो । मोटरसार्इकल र्यालीमा प्रहरीले हस्तक्षेप गरेको थियो ।