• झापा । म्याग्दीको सदरमुकाम बेनीमा जारी १७ औं अन्तरमाविस्तरीय ‘हुवावे जेसीज कप’ फुटबल प्रतियोगिताको फाइनल उपाधीका लागि केबी एकेडेमी दरवाङ र न्यू वेष्ट प्वाइन्ट आवशीय मावि बेनी एक अर्कामा भिडन्त गर्दै छन् । शुक्रवार भएको सेमीफाइनल खेल पार गर्दै यी दुई टिम उपाधी चुम्ने दाउ पुगेका हुन् ।
    पहिलो सेमीफाइनल खेलमा न्यू वेष्टले धौलागिरी माविलाई ८–० को फराकिलो गोल अन्तरले पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको थियो ।
    यस्तै दोस्रो सेमीफाइनल खेलमा केवी एकाडेमीमले बेनी वोर्डिङ आवशीय माविलाई २–१ को गोल अन्तरले हराउँदै न्यू वेष्टसँगको भेटलाई पक्का गरेको थियो ।
    म्याग्दीको खुल्ला मञ्चमा हुने फाइनल खेलका विजेताले जेसीजकप, ट्रफी, मेडल, प्रमाण–पत्र र नगद ४० हजार तथा उपबिजेतालाई ट्रफी, मेडल, प्रमाण–पत्र र नगद २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष कमल विश्वकर्मले बताउनु भयो ।
    यसैगरी, अनुशासित टिमलाई पाँच हजार पाँच सय, उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वा्धिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र प्लेयरलाई एक हजार पाँच सय रुपैयाँ नगद, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ ।

    सात लाख ६८ हजार रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको प्रतियोगितामा सन्तोष स्मृति अक्षयकोष मुख्य प्रायोजक रहेको म्याग्दी जेसीजका अध्यक्ष विश्वकर्माले बताउनुभयो । बेनीका दिवंगत पूर्व खेलाडी सन्तोष श्रेष्ठको स्मृतिमा उहाँका परिवारले दुई लाख पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।

    विगत १७ वर्षदेखि बेनीमा निरन्तर रुपमा म्याग्दी जेसिजले चन्दा सहयोग जुटाएर प्रतियोगिता गर्दै आएको छ । खेलको टाइटल स्पोन्सरका रुपमा बेनीको नरेश मोवाइल सेन्टरले एकलाख रुपियाँ सहयोग गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…