• झापा । झापा मेचीनगरकी देबी मेचेको घर निर्माणका लागि काँग्रेस प्रबक्ता बिश्वप्रकाश शर्माले जग्गा दिनु भएको छ । मेचेको घर बनाउन मेचीनगर–९ कमल चोक पुर्वमा एक लाख मुल्यमा ७ धुर जग्गा खरिद गरेर नेता शर्माले उहाँको घर बनाउनका लागि सहयोग गर्न भएको हो । उहाँले आफ्नो छोरा शिर्षकको जन्मदिनको अवसरमा उक्त जग्गा उपलब्ध गराउनु भएको हो । सुत्केरी अवस्थामा नै श्रीमानको निधन भएपछि असाहय बन्नु भएकी
    मेचीनगर–१० धुलाबारीमा आउनु भएको थियो । देबी मेचे २५ दिनको सुत्केरी हुँदा पतिको मृत्यु भएको थियो । दुई सन्तानकी आमा देबीले १२ बर्ष अघि करेन्ट लागेर दाहिने हात गुमाउनु भएको थियो ।
    एक हातले मात्र जीवन चलाउँदै आउनु भएकी अति बिपन्न परिवारकी देबीको पहिलो सन्तान ४ बर्षको छ भने बृद्ध अवस्थाकी सासुआमा पनि आँखा नदेख्ने अवस्थामा हुनुहुन्छ ।

    असाहय अवस्थामा रहनु भएकी मेचेलाई घर मात्र बनाएर पुग्दैन घरमा चाहिने सबै सामाग्री र बालबच्चाको शिक्षाको समेत ब्यवस्था गर्न देबी मेचीको संरक्षणका लागि अभियान सञ्चालन गर्न समिति नै गठन गरी स्थानीयहरु सक्रिय भएका छन । समितिको आयोजनामा भएका पत्रकार सम्मेलनमा समितिका संयोजक बिजय डालमियाले देबी मेचेको घरका लागि जग्गा प्राप्त भईसकेकाले अब तत्काल घर बनाउन समिति सक्रिय हुने बताउनु भयो । घर बनाउन र आवश्यक सामाग्री समेतको ब्यवस्थापनका लागि सबैलाई सहयोग गर्न संयोजक डालमियाले आग्रह गर्नु भयो ।
    पत्रकार सम्मेलनकै बिच धुलाबारी माबिमा २०४२ सालमा कक्षा १० अध्ययनरत बिद्यार्थीहरुका तर्फबाट देबी मेचेको सहयोगका लगि एक लाख रुपैया उपलब्ध गराउने समेत काँग्रेस नेता शर्माले जानकारी गराउनु भयो । त्यस्तै काकरभिट्टा क्याम्पसका बिद्यार्थीहरुले समेत आफ्नो शैक्षिक भ्रमणको खर्च कटाएर ५ हजार सहयोग गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
    डालमियाको संयोजकत्वमा गठिक देबी मेचे अभियान समितिको सचिबमा मेचीनगर कार्यपालिका सदस्य टिकाराम मगराती तथा सदस्यहरुमा शुशिल आचार्य, संगिता थापा, पुनित बंशल,ऋषिराज तिम्सिना, कविता शर्मा, बालकृष्ण ढुंगाना, मुक्ति पौडेल र ज्ञानेन्द्र निरौला रहनु भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…