• झापा । विराटनगरको जेसीजको ‘जेसीज सप्ताह’ शुक्रवार सम्पन्न भएको छ ।
    मंसिर ८ गतेबाट सुरु भएको सप्ताह शाखाको सचिवालयमा भएको विशेष समारोहमा विभिन्न क्षेत्रमा विशेष योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा खेलकुद क्षेत्रबाट नेपाल प्रहरीका कप्तान भोला सिलवाल, वातावरण क्षेत्रबाट अभिषेक श्रेष्ठ र कला साहित्यबाट अर्जुन कार्की रहेका छन् । विराटनगरमा जन्मिएर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई गरिने ताम्रापत्रसहितको विषेश सम्मान हो । सम्माननित हुने सबै विराटनगरका उत्पादन हुन् । सिलवाल फुटबलका राष्ट्रिय खेलाडी हुन् । उनी नेपाल प्रहरीमा आबद्ध छन् । वातावरण क्षेत्रममा लामो समयदेखि काम गरेका श्रेष्ठ नेपाल सरकारको प्रतिनिधित्वि गर्दै विभिन्न देशमा यसको क्षेत्रमा क्रियाशिल छन् । एक्सन नायकका रुपमा चर्चित कार्की सगरमाथा आरोही समेत हुन् ।
    उनीहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाशप्रसाद अधिकारीले ताम्रापत्र, दोसल्ला र माला लगाएर सम्मान गर्नु भएको थियो । सम्मान गर्दै कार्यक्रमका प्रमखु अतिथि समेत रहनु भएको सिनेटर अधिकारीले उहाँहरुको योगदानले देशको नाम विश्वभर फैलिएको बताउँदै उहाँहरुको योगदानको चजित चर्चा गरे पनि कम हुने बताउनु भयो ।
    साथै उहाँले युवाहरुले नै देशमा परिवर्तन ल्याउने बताउँदै हरेक क्षेत्रमा युवाले गरेको नेतृृत्व र कामले राष्ट्रलाई टेवा पुग्दै आएका बताउनु भयो ।

    यसैगरी सप्ताहकै अवसरमा एक साता सम्म जेसीज सप्ताह सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई समेत सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । साथै अन्तर कलेज वक्तृत्वकलामा उत्कृष्ट हुने ग्रीन ल्याण्डकी सम्झना नेपाल, एभरेष्ट कलेजकी विसजा खतिवडा, कान्तिपुर कलेजका रोजन अधिकारी ्र शिक्षादिप कलेजकी आइसा तुलाधरलाई अवार्ड प्रदान गरिएको थियो ।
    हरेक वर्ष जेसीज सप्ताहमा उत्कृष्ट कार्य गर्ने एक जना व्यक्तिलाई प्रदान गरिदैँ आएको निमा अवार्ड यो वर्ष अभिनाष थापाले जितेका छन् । उनलाई पनि सोही समारोहमा उक्त अवार्ड प्रदान गरियो ।

    शाखा अध्यक्ष राजेन्द्र थपलियाको सभापतित्व तथा नेपाल जेसीजका निवर्तमान अध्यक्ष सिनेटर प्रकाशप्रसाद अधिकारीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि विराटनगर जेसीज पूर्व अध्यक्ष समाजका अध्यक्ष हरिबहादुर श्रेष्ठ, नेपाल जेसीजका कार्यकारीणी उपा

















    ध्यक्ष अशोक शंकर, नेपाल जेसीजका उपाध्यक्ष श्यामसुन्दर पौडेल (मिलन), नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष महेश पौडेल, शाखाका पूर्व अध्यक्षहरु, विराटनगरका विभिन्न कलेज तथा प्रतिष्ठानहरुका विभिन्न व्यक्तिहरुको विषेश सहभागिता रहेको थियो । सप्ताहमा भएका हरेक कार्यक्रमहरुका संयोजकहरुले आफुले नेतृत्व गरेको कार्यक्रमको रिर्पाेट प्रस्तुत गरेका थिए । सप्ताहका मुल संयोजक सेवक बजगाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव देवचन्द्र घिमिरेले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…