• झापा । कमलनगर गाउँ पालिका स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिताको उपाधी हिमाली बोडिङ स्कुलका आदर्श सिग्देलले जितेका छन् ।
    कमलनगर जेसीजको ‘जेसीज सप्ताह’ अन्तरगत शुक्रवार भएको समापन समारोहमा आयोजित गाउँपालिका स्तरीय वक्तृत्व प्रतियोगितामा २२ जना प्रतिस्पर्धीलाई पछि पार्दै आदर्शले उपाधी जितेका हुन् । प्रतियोगितामा हिमालीकै योजना तिम्सिना दोस्रो, स्कारिका बोडिङ स्कुलका विष्णु श्रेष्ठ तेस्रो तथा वन्डरलेण्ड बोडिङकी शिखा न्यौपाने, लालिमा आवशीयका अनुपम सुवार र लालिमकै सृष्टि लिम्बूले सान्तवना पुरस्कार जिते । ्
    एकसातासम्म विविध कार्यक्रम गरी आयोजना गरिएको सप्ताह शुक्रवार समापन भएको हो । नेपाल जेसीजका निवर्तमान अध्यक्ष सिनेटर प्रकाशप्रसाद अधिकारीको प्रमुख आतिथ्यता तथा कमलनगर जेसीजका वर्ष २०१८ का अध्यक्ष केदार कटुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष अशोक शंकर, पूर्व कार्यकारीणी उपाध्यक्ष महेश पौडेल , दमक जेसीजका वर्ष २०१७ का अध्यक्ष गोविन्द कट्टेल, धुलावारी जेसीजका अध्यक्ष नारायण खनाल, अर्जुनधारा जेसीजका अध्यक्ष एवम वर्ष २०१९ का राष्ट्रिय उपाध्यक्ष पदका उम्मेदवार अजयकुमार देव, दमक जेसीजका अध्यक्ष चन्द्र खत्री, लेटाङ जेसीजका अध्यक्ष मनिष मगर, गौरादह जेसीजका अध्यक्ष राजु घिमिरे, इटहरी जेसीजका अध्यक्ष सोम गौतम, पथरी जेसिजका अध्यक्ष टिकाविक्रम चौहान, झुम्का जेसीजका अध्यक्ष रबिन बराललगायतको सहभागिता रहेको थियो । प्रकाश पाठकले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव हेम दाहालले गर्नु भएको थियो ।







सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…