• झापा। नेपाल तरुणदलले झापाको शिवसताक्षी नगरपालिकालाई दमकल खरिद सहयोगार्थ शुक्रबार व्यँङ्ग स्वरुप भिक्षा संकलन गरेको छ ।

    नगरको धरमपुर, झिलझिले, दुधे, नहरचोक र व्याँङ्गडाडामा पानिको खालि वोत्तल, आगलागि हुदै गरेको घर, दमकल को तस्वीर प्लेकार्डमा राखेर भिक्षा संकलन गरिएको तरुणका नेता योगेश लिङ्गदेनले वताए । संकलित भिक्षा रकम, ११ वोत्तल पानि र एउटा खालि वोत्तल नगर प्रमुख लाई वुझाउने भनिएपनि मेयर शेर्मा कार्यलयमा अनुपस्थीत रहेकाले उपमेयर भोजकुमारी नेपाललाई हस्तान्तरण गर्ने तरुणदलले तयारी गरेका थिए । तर, उपमेयर भोजकुमारी नेपालले भिक्षा वाट संकलन गरिएको रकम वुझ्न मानिन् ।

    तरुणका विनोद ढकालले भने, ‘उपमेयर नेपालले मेरो दायित्व होईन भन्दै पन्छिनु भयो, हामीले वहाँकै टेवलमा जवरजस्त राखिदियौ ।’ उनले भने, ‘ नगरमा दमकल खरिदका लागि दवाव दिन व्यङ्गात्मक ढंगले आयोजना गरिएको साँकेतिक कार्यक्रम हो ।’

    नगरका मेयर चन्द्रकुमार शेर्माले संचार माध्यममा दिएको सार्वजनिक प्रतिकृयाको विरोध गर्दे तरुणदलले नगरका विभिन्न ठाँउमा प्रतिव्यत्ति रु ५ सम्म भिक्षा माग गरेको हो । नगरका मेयर चन्द्रकुमार शेर्माले नगरपालिका संग दमकल खरिद गर्ने आर्थीक सामथ्र्य नभएको प्रतिकृया संचारमाध्यमलाई दिएपछि तरुणदल सडकमा निस्कीएर भिक्षा संकलन गरेको हो ।

    मेयर शेमाले झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ मा जस्तो आगलागिवाट ४ जनाको ज्यानै जाने खालको घटना पुन नहुने भन्दै नगरमा दमकल आवस्यक नभएको समेत वताएका थिए । उनले छिमेकी कनकाई नगरपालिका संग मिलेर भविस्यमा खरिद गर्न सकिने वताएका थिए ।

    शिवसताक्षी नगरमा गएको आईतवार लक्ष्मण खनालको घरमा आगलागि हुदाँ ४ जनाको जलेर ज्यान गएको थियो । वारुण यन्त्र समयमै आईनपुग्दा जनधनको क्षतिभएको भन्दै स्थानियबासीन्दा नगरकार्यपालिका संग आक्रोशित वनेका थिए । सो घटनामा दमक नगरको दमकल झिकाईएको भएपनि आगलागि भएको १ घन्टापछि मात्र घटना स्थल पुगेको थियो ।

    शिवसताक्षी नगरमा रोलर १, ट्रिपर २, स्क्याभेटर १, ट्रली सहितको ट्याक्टर २, निसानको ईसुजु १ टाटा सुमो १ , मोटरसाईकल १९ र स्कुटी १ रहेको

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…