• बेलबारी ।  चर्चित युवा कवि नवराज पराजुलीको शनिबार ( आज) दिउँसो २ बजे मोरङको बेलबारीमा हुने कविता कन्सर्टको  तयारी पुरा भएको आयोजकले जनाएको छ ।

    लेट्स ईन्टरटेन्मेन्टको आयोजनामा उनी लेट्स कविता कन्सर्ट मार्फत आज सुनिन लागेका हुन । रञ्जन गायकको लाईभ म्युजिक सहित उनलाई बेलबारीमा ल्याईएको आयोजक संस्था लेट्सका संस्थापक बिकास बुढाथोकीले जानकारी दिएका छन । उनलाई बेलबारीमा उर्तानका लागी बेलबारीका रंगकर्मी सोमनाथ खनाल,केदार दुलाल,केशव रुपाखेतप् लगायतका युवाहरु सक्रिय भएर जुटेका छन ।

    बेलबारी १ मा रहेको मदनमोहन पुष्परत्न साँस्कृतिक भवनमा उनले आफना दर्जनौ कविता बाचन गर्नेछन । कविता सुन्नका लागी ५ सय र १ हजारको टिकट बिक्रि भएको छ । युवा पुस्तामा सर्बाधिक रुचाईएका पराजुलीका ४० बढी कविताहरु प्रकाशित छन । सगरमाथाको गहिराई नामक पुस्तकबाट चर्चा कमाएका उनका लोकसेवा,खोया,हयाप्पी बर्थ डे,ब्रम्हाजीको रजस्वला लगायतका कविता सर्बा्धिक रुचाईएका छन । उनले पद्यश्री पुुरुस्कार समेत प्राप्त गरिसकेका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…