• मंसिर १५, काठमाडौं । साउथ एसिया प्यासिफिक समिटका लागि व्यस्त रहेका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझदेखि सोल्टी होटलमै बसेका छन् । बिहीबार राती सोल्टी होटलमै सुतेका उनी शुक्रबार राती पनि त्यहीँ रहने छन् ।

    प्रधानमन्त्री निवास बालुवाटार छोडेरै ओली पत्नी राधिका र परिवारसँगै सोल्टीमा बस्ने छन् । प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार ओलीले राति सोल्टीमा केही विदेशी पाहुनासँग वार्ता गर्ने छन् ।

    प्रधानमन्त्री ओलीको साथमा नेपाल सरकारका उच्च अधिकारी तथा प्रतिनिधिसँगै रहने छन् । शुक्रबार राति ओलीले त्यहाँ केही विदेशी पाहुनासँग भेटघाट गर्ने कार्यक्रम छ । यसअघि कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग ओलीले दुई देशबीचको व्यापारिक सम्झौता सोल्टी होटलमै गरेका थिए ।

    समिटमा सहभागी हुन् चार दर्जनभन्दा बढी मुलुकका राजनीतिज्ञ नेपाल आएका छन्।  समिटमा विभिन्न देशका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री, सभामुखसहित विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी छन् ।

    यो सम्मेलन नेपाल सरकार, प्रतिनिधि सभा, युनिभर्सल पिस फेडरेसन (यूपीएफ), नेसनल कन्फेरेन्स अफ एसियन पोलिटिकल पार्टीज् (आईक्याप) र इन्टरनेसनल एसोसियसन अफ पार्लियामेन्टेरियन फर पिस (आईएपीपी) को सहकार्यमा हुँदैछ।

    सम्मेलनलाई स्वीकार्य बनाउन आईक्यापलाई सहभागी गराइएको छ। यो संस्थामा विश्वका धेरै मुलुकका राजनीतिक पार्टी सदस्य छन्। तर सम्मेलनमा कोरियाली संस्था यूपीएस सहभागी हुनुले आशंका उब्जाएको छ। सरकारी निकायले उक्त संस्थालाई धर्म प्रचारक संस्थाको रुपमा हेर्छ।   समाचार अन्नपूर्ण पोष्टमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…