उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघले दुई उर्लाबारीमा अगिन पीडित ३ ब्यवसायी लाई राहत वितरण गरेको छ । संघ ले राहत संकलन समितिको निर्माण गरि संकलित रकम आगलागी पीडित उर्लाबारी ७ का भक्तिराम अधिकारी , अञ्जना कार्की र गणेश बोहरा लाई राहत स्वरुप नगद प्रदान गरेको होे । भक्तिराम अधिकारी लाई कोश बाट २ लाख ९० हजार र संघ को तर्फबाट ३० हजार , अनु अनुसा किराना कि अञ्जना कार्किलाई १ लाख ३० हजार र भोजपुरे भाँडा पसल का गणेश बोहरा लाई ४० हजार नगद प्रदान गरिएको संघ का अध्यक्ष पृतम खड्गीले जानकारी दिनु भएको छ ।