• नायक अनुपविक्रम शाही र नायिका बर्षा शिवाकोटीले अभिनय गरेको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’को गीत सार्वजानिक भएको छ । क्रेजी इन्टरटेनमेन्टले निर्माण गररेको सो चलचित्रको ‘मंसिर १५...’ बोलको गीत हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको हो । उत्तम जंग लिम्बु र मेलिना राईको स्वर रहेको गीतमा राम भट्टराईको शब्द, महाराज थापाको एरेन्ज र उत्तम जंग लिम्बुको संगीत रहेको छ । मोरङको गोकुलममा छायांकन गरिएको गीतमा कोरियोग्राफी प्रशान्त तामाङको रहेको छ ।

    भीषण राईको निर्देशनमा तयार भएको चलचित्रमा अनुप र वर्षासँगै माला लिम्बु, कृष्णभक्त खनाल, कविता आले, शिव मुखिया, भरत लिम्बु, शिरोमणी दवाडी, बादल श्रेष्ठ, करण धिताल, मात्रिका पौडेल, लक्षणा राई लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई अशोक कुमार राई, टिकाराम राई, बिरेन साम्बा, दिपेन लिम्बुले संयुक्त रुपमा निर्माण गरेका छन् । चलचित्रका कार्यकारी निर्माता सञ्चारकर्मी सन्तोष राईले सम्हालेका छन् ।

    चलचित्र चैत्र १ गतेबाट प्रदर्शन आउने निर्माण पक्षले जानकारी दिएको छ ।

    https://www.youtube.com/watch?v=hvl5-2apYOE

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…