• काठमाडौँ, मङ्सिर १५ गते । मानिसले त एकसय पटक भन्दा बढी समय रक्तदान गरेको समाचार आउने गर्छ तर ककुरले पनि दर्जनौं पटक रक्तदान गरेर धेरैको ज्यान बचाएको सुन्दा अचम्म लाग्न सक्छ ।
    कुकरको मानिसको जस्तो रक्त समूह हुँदैन । त्यसैले एउटा कुकरको रगत पहिलो पटक दिँदा प्रायः अर्को कुकरलाई मिल्छ, त्यसले गर्दा कुकुरलाई पनि रगत दिने गरिन्छ ।
    ललितपुरका भैंसेपाटीस्थित स्नेहा कियर सेन्टरमा रहेको एक जर्मन सेफर्ड पोथी ककुरले तीन वर्षको अवधिमा दर्जनौं पटक रक्तदान गरेर धेरै कुकुरको ज्यान बचाएको छ ।

    हाल सेन्टरको संरक्षणमा रहेको उक्त कुकुरको नाम कोपिला हो । कोपिला तीन वर्ष अघि काठमाडौंँको स्वयंभु क्षेत्रमा विरामी अबस्थामा फेला परेको थियो । कसैले घरमा पालेको र पछि राम्रो हेरचाह नभएका कारण शरीरभरि तुतो फैलिए पछि सडकमा छाडिएको थियो ।
    स्नेहा कियर सेन्टरीका संस्थापिक स्नेहा श्रेष्ठका अनुसार दुई महिनाको उपचार पछि कोपिला ठीक भई । अहिले धेरैले कोपिलालाई ‘एडप्ट’ गर्न आग्रह गरे पनि उहाँले दिनु भएको छैन ।
    स्नेहा सेन्टरमा रहेका झण्डै १७० वटा कुकुर मध्ये कोपिला सहित चार वटा कुकुरले रक्तदान गर्ने गरेका छन् । रक्तदान गर्ने कुकुर निरोगी हुनु पर्छ । जुनपायो त्यही कुकुरले रक्त दान गर्न सक्दैनन् ।

    नेपालमा कुकुरलाई रगत दिने चलन चार पाँच वर्ष अघिदेखि थालिएको भए पनि त्यति धेरै प्रचलनमा नभएको एनिमल मेडिकल सेन्टरका चिकित्सक सुशीलकुमार पौडेल बताउनुहुन्छ ।
    उहाँले कुकुरको रगत अर्को कुकुलाई दिँदा पहिलो पटक ९५ प्रतिशतसम्म ‘म्याच’ हुने गर्ने तर पनि आफूले ‘क्रस म्याच’ गराएर मात्र दिने गरेको बताउनुभयो ।
    ककुरको रक्त समूह भए पनि मानिसको जस्तो धेरै समूह नहने र रगतको ‘रियाक्सन’ पनि मानिसमा जस्तो जटिल हुँदैन ।
    पौडेलका अनुसार दुर्घटनामा घाइते भएका र केही रोगका कारण रगतको कमी भएका कुकुलाई अर्को स्वस्थ कुकुरको रगत दिने गरिन्छ ।

    गोरखापत्र 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…