• घोराही, । त्रिभुवन नगर जेसिजले आयोजना गरेको हाफ म्याराथुनमा काठमाडौँका रमेर मगराती प्रथम भएका हुनुभएको छ । मुगरातीले एक घण्टा १० मिनेट ४५ सेकेण्डमा २१ किलोमिटर पार गर्नुभएको थिया । जितसगै उहाँले २५ हजार नगद, प्रमाणपत्र, शिल्ड प्राप्त गर्नुभएको छ ।
    यस्तै द्वितीय काठमाडौँका सुवास कार्की भएका छन् । उनले एक घण्टा १३ मिनेट ४५ सेकेण्ड दुरी पार गरेका थिए । उनले नगद २० हजार, शिल्ड र प्रमाण–पत्र प्राप्त गरेका छन् ।
    काठमाडौँककै ओमप्रकाश जोशी तेस्रो हुनुभएको छ । उहाँले एक घण्टा १५ मिनेट ६ सेकेण्डमा तोकिएको दुरी पार गरेर ५ हजार नगद, शिल्ड र प्रमाण–पत्र प्राप्त गर्नुभएको थियो ।
    यस्तै महिला तर्फ प्रहरी बोर्डिङकी सर्मिला घर्ती प्रथम हुनुभएको छ । उहाँले एक घण्टा ४२ मिनेट २६ सेकेण्डमा निर्धारि दुरी पार गरेर प्रथम पुरुस्कार नगद २५ हजार, शिल्ड र प्रमाण–पत्र प्राप्त गर्नुभएको छ । बिपना केसी द्धितीय हुनुभएको छ । स्यालुट गोर्खाकी केसीले एक घण्टा ४३ मिनेट १३ सेकेण्डमा निर्धारित दुरी पार गरि द्धितिय पुरस्कार २० हजार नगद, शिल्ड र प्रमाण–पत्र प्राप्त गनुभएको शाखा अध्यक्ष लालमणी भण्डारीले बताउनु भयो ।
    लोट्स ट्रेनिङका देविका वलीले एक घण्टा ४५ मिनेट १२ सेकेण्डमा निर्धारित दुरी पार गरि ५ हजार नगद, शिल्ड र प्रमाण–पत्र प्राप्त गर्नुभएको छ ।
    यस्तै बालबालिका तर्फ प्रथम सुनित चौधरी, सनम वली द्धितीय, क्षितिज चौधरी तृतीय भएका थिए । त्यसैगरी बालिका तर्फ अरुणीमा घर्ती मगर प्रथम, एलिना बुढा द्धितीय, मन्जिता अर्याल तृतीय भएका थिए ।




सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…