• जनकपुर । जनकपुरमा हुन लागेको नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशन अन्य वर्ष भन्दा फरक समयमा उद्घाटन हुने तयारी गरिएको छ । अन्य वर्षहरुमा बिहान ११ बजेसम्ममा उद्घाटन हुने गरेको महाधिवेशन यो वर्ष जनकपुरमा बेलुकाको ४ बजे उद्घाटन गर्ने तयारी गरिएको हो । आथित्यता शाखा जनकपुर जेसीजले उद्घाटन समारोहलाई जानकी मन्दिरको परिसरमा उद्घाटन गर्ने भनि यस भन्दा अघि तयार गरेको थियो । तर, प्राविधिक समस्याका कारण मन्दिर भन्दा करिब १ किलोमिटरको दुरीमा हुने महाधिवेशन स्थलबाटै उद्घाटन हुनेछ । जनकपुर मन्दिरमा उद्घाटन गर्ने तयारीका लागि नै आयोजकले यस भन्दा अघि साँझको समय उपयुक्त मानेर तयारी गरेर सबैमा सोही अनुसारको जानकारी गराइएको थियो । साथै टाढाबाट आउने जेसीजकर्मीहरुका लागि उद्घाटनकै दिन हिडेर पनि बेलैमा आइपुग्ने अवस्था हुने भएकाले पनि साँझको उद्घाटन बनाइएको महाधिवशेनका उप निर्देशक मनिष रमन शाहले बताउनु भयो । ‘सहभागिलाई समेत सहज हुनेछ’ उप निर्देशक शाहले भन्नु भयो–‘टाढाबाट आउनका लागि सहज हुनेछ । दिनभरी हिडेर बेलुका कार्यक्रम उद्घाटनमा सहभागि हुन सहज हुनेछ ।’
    पुस ७ गतेबाट सुरु हुने महाधिवेशनमा सहभागि हुन देशभरबाट करिब २२ सय को सहभागिता हुने आथित्याता शाखाका अध्यक्ष जितेन्द्र महासेठले बताउनु भयो । महाधिवेशनको उद्घाटन कसले गर्ने भन्ने विषयमा छलफल भइरहेको र अबको एक साता भित्रमा नेपाल जेसीजसँगको सहकार्यमा कसले उद्घाटन गर्ने भन्ने विषयमा टुङ्गो लगाइने अध्यक्ष महासेठले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…