• झापा । नेपाल जेसीजको आयोजनामा क्षेत्र ‘ख’ मा साप्ताहिक तालिम सुरु भएको छ ।
    नेपाल जेसीजले यो वर्षदेखि सुरु गरेको यो तालिम यस क्षेत्रमा भएको अन्तिम तालिम हो । यस अघि अन्य ३ वटा क्षेत्रमा सम्पन्न भइसकेका छन् ।
    साप्ताहिक तालिम अन्तरगत शुक्रवार बसामाडी जेसीजमा आयोजित एक कार्यक्रमा साथ उद्घाटन भएको हो । तालिमको उद्घाटन नेपाल जेसीजकी राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष एवम् क्षेत्र ‘ख’ कि निरुपित कार्यकारीणी उपाध्यक्ष रश्मि शिल्पकारले गर्नु भएको थियो । उक्त तालिममा प्रशिक्षक समेत कार्यकारीणी उपाध्यक्ष शिल्पकार नै रहनु भएको थियो । उद्घाटन कार्यक्रम शाखा अध्यक्ष हरि शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।
    यसैगरी, दोस्रो दिनको तालिम शनिवार पर्सा खैरेनी जेसीजमा सम्पन्न भएको छ । उक्त तालिममा रमेश अर्यालले प्रशिक्षण दिनु भएको शाखा अध्यक्ष अमृत मल्लले बताउनु भयो । शनिवार नै सौराह जेसीज र सौराह महिला जेसीजमा तालिम सम्पन्न भयो । यहाँ भएका दुवै तालिममा रश्मि सिल्पकारले प्रशिक्षण गराउनु भएको थियो । तालिम अन्तरगत अब आउँदो बुधवार व्यासनगर जेसीज, बिहिबार शुक्लागण्डकी जेसीज र शुक्रवार पोखरा जेसीज र वालिङ जेसीजमा तालिम सम्पन्न हुने नेपाल जे्सीजका तालिम आयुक्त अनिलबहादुर साहीले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…