• देबु बानियाँ
    झापा । न्यू वेष्ट पोइन्ट म्याग्दीमा सम्पन्न १७ औ जेसीज कपको फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
    म्याग्दी जेसीजको आयोजनामा भएको प्रतियागिताको १७ औँ संस्करणमा वेष्ट पोइन्ट भाग्यमानी सावित बनेको छ ।
    शनिवार सम्पन्न फाइनल खेलमा केवी एकाडेमीलाई ४ –० को फराकिलो गोल अन्तरले पराजित गर्दै वेष्ट पोइन्ट फाइनल उपाधीको हकदार बनेको हो । मनिस श्रेष्ठ २ गोल, अनिस केसी र लेनिस खर्बुजाले १÷१ गोल गर्दै आफ्नो टिमलाई जित दिलाएका थिए । जितसँगै वेष्टले नगद ४० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बनेको केवी एकाडेमीले २५ हजार, ट्रफी र प्रमाण पत्रमा चित्त बुझाउनु परेको थियो ।
    प्रतियोगिताको सर्वाधिक गोलकर्ताका रुपमा विजेता टिमका मनिष श्रेष्ठ घोषित भए । महेन्द्ररत्न मावि बरंजालाई अनुशासित टिम, उत्कृष्ट खेलाडी केवी एकेडेमीका नारायण प्रकाश पुन, उत्कृष्ट गोलरक्षक सञ्जन बराईली, उत्कृष्ट स्टाइकर मनिष श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर वेस्ट पोइन्टकै दिपेन पुन, उत्कृष्ट डिफेन्डर केवीका फविन पुन, राईजिङ खेलाडी केवी एकेडेमीकै ओमकार पुन र उत्कृष्ट प्रशिक्षक वेस्ट पोइन्टका दिपेन राई घोषित भएका थिए । उनीहरुलाई नगद पुरस्कार र ट्रफी प्रदान गरिएको थियो ।
    अनुशासित टिमलाई पाँच हजार पाँच सय, उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वा्िधक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र प्लेयरलाई एक हजार पाँच सय रुपैयाँ नगद, मेडल र प्रमाण–पत्र प्रदान गरिएको शाखा अध्यक्ष कमल विश्वकर्माले बताउनु भयो । प्रतियोगितामा विजयी टिम र खेलाडीलाई प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, जिल्ला समन्वयन म्याग्दीप्रमुख देवेन्द्र केसी, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठ, शाखा अध्यक्ष कमल विश्वकर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगाएतले पुरस्कार वितरण गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…