• विराटनगर । विराटनगरमा बलात्कार पछि हत्या भएकी कंचनपुरकी निर्मला पन्तको न्यायको माग गर्दै नेपाल कम्यूष्टि पार्टी (बिप्लव)ले जनप्रर्दशन गरेको छ ।
    नेपाल कम्यूष्टि पार्टी कोशी व्यूरोको नाममा आईतबार विराटनगरमा बलात्कारपछि हत्या गरिएकी पन्तको न्यायको माग गर्दै प्रर्दशन पछि कोणसभा गरेको हो । कोशी अञ्चल भरीका नेपाल कम्यूनिष्ट पाटीका नेता तथा कार्यकर्ताहरुले विराटनगरको संसारीमाई मन्दिरमा भेला भएर ¥याली निकालेका थिए ।
    उनीहरुले निर्मला पन्त लगायतलाई बलात्कार गरी हत्या गर्ने अपराधीलाई अविलम्ब कारबाही गर्नुपर्ने, भष्ट्राचारी, महङ्गी र कालो बजारी नियन्त्रण गर्नुपर्ने, एकिकृत जनक्रान्ती जिन्दवाद , नेपाल कम्यूनिष्ट पाटी जिन्दवाद जस्ता नारा लगाएर थिए । विराटनगरको संसारी माईस्थानबाट निकालिएको ¥याली ट्राफिक चोक हुदै ठाकुरबाडी रोड देवकोटा चोक हुदै जलजला चोकहुँदै ट्राफिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभामा निर्मलाको हत्यारालाई कारबाही गर्नु पर्ने भन्दै सरकार विरुद्ध चर्का आवाज उठाएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…