• काठमाडौं, १६ मंसिर । सर्वोच्च अदालतका न्यायधीश दीपकराज जोशीको प्रधानन्याधीश नियुक्तिका लागि सुनुवाई समितिको बैठक बस्नुपर्ने अघिल्लो दिन १५ साउनमा बानेश्वरमा एउटा घटना घट्यो ।

    समिति बैठकमा सदस्य निरू पालले आफूमाथि दीपकराज जोशीलाई प्रधानन्याधीश हुनबाट रोके जे पनि हुनसक्छ भनेर छातीमा पेस्तोल ताक्दै मोवाइलसमेत लुटेको सार्वजनिक गरीन् ।

    त्यसपछि समितिका सबै सदस्यहरूको सुरक्षार्थ प्रहरी प्रधान कार्यालयले प्रहरी खटायो । सो घटना लगत्तै प्रधान कार्यालयले अनुसन्धान गर्न निर्देशन दिएपछि तत्कालिन परिसर प्रमुख विश्वराज पोखरेलले प्रहरी उपरीक्षक रामदत्त जोशीको नेतृत्वमा महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द काफ्ले र महानगरीय प्रहरी परिसरका काठमाडौंका प्रहरी निरीक्षक सुरेन्द्र केसी सदस्य रहेको छानविन समिति बनाइयो ।

    तर, गठित समितिले पालमाथि भएको आक्रमणबारे चार महिना पुग्न लाग्दा पनि कुनै रिर्पोट बुझाएको छैन् । समितिले करीब १०० जनालाई नियन्त्रणमा लिएर सोधपुछ गदौसमेत कुनै ‘सुराक’ फेला नपरेपछि नियन्त्रणमा लिइएका सबैलाई छोडिदियो ।

    अनुसन्धान समितिका संयोजक जोशीको सरूवा भएर उनको स्थानमा अशोक सिंह आएका छन् । प्रहरीले पालको मोवाइल लुट्ने र पेस्तोल ताकिने गरेको जानकारी संसदीय समिति बैठकमा गराए पनि प्रहरीले बोलाएर सोधपुछ गरेन ।

    पालले नै आफूमाथि आक्रमण भयो भनेर प्रहरीमा लिखित उजुरी गरेकी छिन् । सत्तारूढ दलकै सांसदमाथि अक्रमण भएको विषयलाई प्रहरीले गम्भीर रूपमा लिएको भए पनि यतिबेला प्रहरीको निकष्र्ष त्यो घट्ना फेक थियो भन्ने छ ।

    प्रहरीलाई दुःख दिनेहरूलाई कारवाही गरेका कयौ रेकर्ड छन् । पालमाथिको आक्रमणको बारेमा गृहमन्त्रालय परिसर काठमाडौ मौन देखिएको छ ।

    प्रहरी स्रोतका अनुसार जोशीले यसलाई समान्यकरण गर्दे लैजानुपर्ने मत राखेर अनुसन्धानको जरो नै पत्ता नलगाई सरूवा भए ।

    जोशी सरूवा भए पनि वानेश्वर वृत्तका डिएसपी गोविन्द काफ्ले र प्रहरी नीरिक्षक सुरेन्द्र केसीबीच यस विषयमा छलफल नै भएन । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…