• काठमाडौँ, १६ मङ्सिर

    नेपाली काङ्ग्रेसले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आयोजनामा काठमाडौँमा भइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकारसमेत आयोजकको भूमिकामा संलग्न भएको भनी आरोप लगाएको छ ।

    प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसमितिको आजको बैठकले सम्मेलनमा सरकारको संलग्नता संविधानविपरीत भएको र राज्यको साधन एवं स्रोतको दुरुपयोग भएको भनी दुःख व्यक्त गरेको जानकारी दिनुभयो ।

    बैठकले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको सफलता भड्किलो शैलीको प्रचारले होइन परिपक्व र जिम्मेवार ढङ्गको व्यवस्थापकीय कुशलताबाट सम्भव हुने व्यावहारिक यथार्थप्रति सरकारको ध्यानाकर्षण गराएको छ । निर्णयमा भनिएको छ, “सरकार, रोजगारदाता र श्रमिक तीनवटै पक्षको उत्साहवद्र्धक भूमिकाबाट मात्र यसको सफल कार्यान्वयन हुने भरोसा प्रकट गर्दै प्रमुख प्रतिपक्षका रुपमा यसको सफलताका लागि काङ्ग्रेसको खबरदारी एवं आवश्यक साथ दुवै रहनेछ ।”

    काङ्ग्रेसको सरकारका श्रममन्त्रीले सदनमा पेश गरेको विधेयक अहिले कार्यान्वयनको चरणमा प्रवेश गरेको जिकिर पनि प्रवक्ता शर्माले गर्नुभयो । सो विषय नेपाल ट्रेड युनियन काङ्ग्रेसले २०४८ देखि उठाउँदै आएको बताउँदै उहाँले भन्नुभयो, “श्रमिक क्षेत्र नै मुख्य बधाईको पात्र छ, काङ्ग्रेसका तर्फबाट हामी सम्पूर्ण श्रमिकलाई बधाई दिन चाहन्छौँ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…