• उर्लाबारी /मोरङ मोडेल आवसिय माध्यमिक विद्यालय र कलेज स्वामित्व ग्रहण गरे संगै नयाँ ब्यवस्थापन टिम बाट संचालन हुने भएको छ । सामाजिक ,शैक्षिक एवं बित्तिय क्षेत्रमा कृयाशिल १३ जना युवा हरुले ब्यवस्थापन को जिम्मेवारी बहन गरे संगै स्कुल/ कलेज लाई नयाँ ब्यवस्थापन गरिने भएको हो । प्लेग्रुप देखि मा. बि. र कलेज को शैक्षिक ब्यवस्थापन मा सुधार गर्ने र प्लेग्रुप पुर्णतया मन्टेश्वरी बिधिमा सञ्चालन गर्न आवश्यक पुर्वाधार निर्माण गरि रहेको विद्यालयका प्रबन्ध निर्देशक यादप भण्डारी ले जानकारी दिनुभएको छ । निर्देशक भण्डारी का अनुसार ३० बर्ष अघि स्थापित भएर उर्लाबारी को शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल यश विद्यालय को गरिमा उच्च राख्न नयाँ टिम लागि पर्ने छ ।

    कक्षा ११र १२ मा बिज्ञान ,ब्यवस्थापन ,होटेल म्यानेजमेन्ट र ट्राभल्स एण्ड टुरिजम विषयका कक्षा हरु संचालनमा रहेको र कलेज तर्फ बाणिज्य संकायमा ब्यवस्थापन(BBS) विषयका कक्षा संचालित रहेकोे छ । मन्टेश्वरी कक्षा निर्माण र क्यान्टिङ को ब्यवस्थापन सुधार गरि सुरु गरिसकेको र अन्य कुरा समेत सुधार गरिने निर्देशक भण्डारी को कथन छ । शैक्षिक क्षेत्रमा स्थापित र उत्कृष्ट नतिजा प्रदान गरिरहेको यस विद्यालयमा सामाजिक ,शैक्षिक र बित्तिय क्षेत्रमा उत्कृष्ट कार्यगरी रहेका युवा हरुको ब्यवस्थापन मा अझ राम्रो नतिजा ल्याउन आफू उत्साहित रहेकोे प्रीन्सिपल केशव राईले जानकारी दिनु भएको छ । युवा हरुको साथमा आफ्नु लामो शैक्षिक अनुभव लाई परिणाम मा बदल्ने उत्साह र बिश्वास का साथ सम्पुर्ण अभिभावक लाई आफ्ना नानी हरु मोरङ मोडल स्कुल/ कलेज मा उज्वल र ब्यवहारिक शिक्षा को लागि पठाउनु हुन पनि अनुरोध गर्दछन प्रीन्सिपल राई ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…