• बागलुङ । कञ्चनपुरकी निर्मला पन्त, बागलुङका रुपा गौतम र संगिन जिसीको हत्यारा पक्राउको माग गर्दै बागलुङका महिलाहरु सडकमा सुतेर आन्दोलन गरेका छन । समाजमा दिनानुदिन हत्या हिंसा बढदै गएको र हत्याराहरुलाई सरकारले उन्मुक्त दिएको भन्दै नेपाल महिला संघ बागलुङ र नेपाल ट्रेड युनियन कांग्रेस महिला समिति बागलुङले संयुक्त रुपमा सडकमा सुतेर आन्दोलन गरेको हो ।

     महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत बलात्कारपछि हत्या गरिएकी निर्मलाको न्यायका निम्ती हरेक क्षेत्रबाट माग गर्दा पनि सरकारले उदासिनता देखाएको भन्दै न्यायको माग गर्दै दजनौं महिलाहरु सडकमा सुतेका हुन । उनीहरुले निधारमा कालो पट्टी बाँधेर र संविधानमा टाँसिदे बलत्कारीलाई फाँसीदे, सरकार भेटियो न्याय भेटिएन लेखिएको प्ले कार्ड सहित बीच सडकमा १५ मिनेट लम्पसार परेका थिए । उनीहरुले शान्ति सुरक्षा र न्याय दिन नसक्ने गृहमन्त्रीको राजिनामा समेत माग गरेका छन् ।

    उनीहरुले देशमा दिन प्रतिदिन बलत्कार र हत्या हिंसा भैरहेको अवस्थामा सरकार मौन हुनु दुखद भएको बताउँदै दुई तिहाइको सरकारले दम्भ देखाइएको बताए । सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउँदै जनताको हितमा काम गर्ने नाममा सरकारले जनविरोधी काम गरिरहेको दाबी गरे ।

    घटना भएको महिनौ बितिसक्दा समेत हत्यारा पक्राउ गर्न सरकारले चासो नदिएको भन्दै निर्मला रुपा र संगिनको हत्यारालाई तत्काल सार्वजनिक गर्न माग गर्दै महिलाहरु आन्दोलनमा उत्रिएको नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्माले बताईन । महिलाहरुले सरकारले अनुसन्धानको नाममा जनताको आँखामा छारो हालिरहेको आरोप लगाएको छन । हत्या भएको महिनौ वित्यो बर्षाै वित्या तर  सरकार अनुसन्धानको नाममा अल्झिएको छ अध्यक्ष शर्माले भनिन, ‘हत्यारालाई सार्वजनिक नगरे महिलाहरु अझै ससक्क्त रुपमा आन्दोलन गर्ने बाध्य हुनेछन ।’

    आधा दर्जन निर्दोष मानिसलाई पक्राउ गरेर यातना दिएको तथा वास्तविक अपराधीलार्ई सरकारले संरक्षण गरिरहेको महिला संघकी केन्द्रिय सदस्य पार्वती आचार्यले बताईन । प्रहरीदेखि मन्त्रालय स्तरसम्मका पाँच छानबिन समिती बनाउँदा पनि समितिको प्रतिवेदन आजसम्म सार्वजनिक नगरेकोमा महिला संघको आपत्ती रहेको आचार्यको भनाई थियो ।

    सरकारले नयाँ युगका नाममा जसरी पोलपोलमा प्रधानमन्त्रीको फोटो टाँसेको छ, त्यसरी नै निर्मलाका हत्यारा पत्ता लगाइ उसलाई सार्वजनिकरुपमा दण्डित गर्नुपर्ने जनअपेक्षा रहेको नेपाल टे«ड युनियन कांग्रेस बागलुङका महिला समिति संयोजक भगवती केसीले बताईन ।  सरकारले जनता सडकमा उत्रिएर आन्दोलन गरेको बेला आन्दोल दबाउने भन्दा पनि हत्याराको खोजीमा लाग्न जरुर रहेको उनले बताईन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…