• कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी  निर्मला पन्तको न्यायका लागि भन्दै नेपाल कम्युनिष्ट पाटी (विप्लव)ले महेन्द्रनगरमा प्रदर्शन गरेको छ । आइतबार दिउँसो कञ्चनपुरको पुरानो प्रशासन कार्यालयदेखि जुलुस शुरु गरेर महेन्द्रनगर बजारमा प्रदर्शन गरेका छन् ।

    चार महिना वितिसक्दा पनि सरकारले निर्मलाका हत्यारा सार्वजनिक नगरेको भन्दै नेकपाले दवाव स्वरुप प्रर्दशन गरेको जनाएको छ । नेकपा कञ्चनपुरका सचिव राजेन्द्र विष्ट(परिर्वतन)ले न्यायका लागि कञ्चनपुर लगायतदेशैभर प्रर्दशन गरिएको बताए । नेकपा विप्लवका कार्यकर्ताले पार्टीको नारा तथा सरकार विरोधी नारा लगाएका थिए । साथै चार महिना बितिसक्दा समेत बलात्कारी पत्ता लगाएन नसकेको भन्दै गृहमन्त्रीको राजिनामा मागेका छन् ।

    उनका अनुसार केही बेरमा प्रर्दशन पछि महेन्द्रनगरको स्मारकमा जनसभा गरिने छ । जनसभामा नेकपाका केन्द्रीय सदस्य देविदत्त पाण्डे, पोलिट्ब्यूरो सदस्य ओम पुन लगायतले सम्बोधन गर्नेछन् ।

    महेन्द्रनगर विभिन्न क्याम्पसबाट आएका विद्यार्थी, शिक्षक, अधिकारकर्मी, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता समेत विप्लवको प्रर्दशनमा सहभागि भएका थिए । अधिकाँस विद्यार्थी विद्यालयको युनिफममै सहभागि भएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…