• पथरी । नेपालीहरुको महान् चाड चासोक तङ्नामको अवसरमा शुभकामना दिन मोरङको पथरीशनिश्चरेमा आउने मुख्य मन्त्री शेरधन राई भएका छन् ।
    चासोक तङ्नाम फुङ्सक उत्सबमा प्रमुख अथिति रुपमा आउने आयोजकले मंसिर १५ गते शनिवार पत्रकार सम्मेलन गर्दै सो कुरा बताएका हुन् । किरात याक्थुङ चुम्लुङ र सिरिजंगा स्मृति धार्मिक बनको आयोजनामा विविध कार्यक्रम सहित ३ दिनसम्म तङ्नाम मनाइदैछ ।

    पुस ४ गते राजकुमारी साँवा स्मृति र मनमाया तुम्बाहाङ्फे सिरेङ स्मृति पुरुष भलिबल रनिङ कप, बुद्धराज हाङ्गाम लिम्बु स्मृति महिला भलिबल रनिङ् कप हुदैछ । पुरुष भलिबल प्रतियोगिताको उपाधि विजेताले ५१ हजार र उपविजेताले ३१ हजार र महिला भलिबल प्रतियोगिताको उपाधि ३१ हजार र उपविजेताले २१ हजार प्राप्त गर्ने गर्नेछन् । पुष ६ गते लिम्बूहरुको एतिहासिक लोपउन्मुख खेल पक्लुङ लेप्मा (छेलो), हप्रिङ लक्मा (लङजम), लि.तोङ आप्मा (धनुष काड) प्रतियोगिता हुने भएको छ । पुस ७ गते औपचारिक कार्यक्रम हुदैछ । विहान ९ बजे सम्म उधौली पूजा गरी ११ बजे अक्षेता भेटि जम्मा गरी प्रसाद वितरण गरिने, दिनको १२ बजेदेखि साँस्कृतिक केःलाङ, माङलाङ, येवालाङ, याराक्लाङ र हाक्पारे ख्याली प्रस्तुत हुने, सम्मान कार्याक्रम, पुरस्कार कार्यक्रम हुने सिरिजंगा बनका सचिव सन्तोष सिरेङले जनाएका हुन् । साथै गायक दिपक लिम्बूलगायतले प्रस्तुती रहने आयोजकले जनाएको छ ।

    कार्यक्रममा राजकुमारी साँवा स्मृति र मनमाया तुम्बाहाम्फे सिरेङ स्मृति पुरुष भलिबल रनिङ् कप प्रतियोगिता र बुद्धराज हाङगाम लिम्बू स्मृति महिला भलिबल रनिङकप प्रतियोगिता हुने भएको छ । प्रथम पुरुष भलिबलको पुरस्कारको राशी गंगा सावा, दोस्रो पुरस्कार तेजबहादुर सिरेङ र प्रथम महिला भलिबलको पुरस्कारको पर्शुराम कार्की, दोस्रो पुरस्कारको कोपिला सिरेङले प्रायोजन गर्ने भएको छ ।
    समापन कार्यक्रममा मुख्य मन्त्री सेरधन राई, अर्थमन्त्री इन्द्र आङ्वो, चुम्लुङ केन्द्रिय उपाध्यक्ष कमल तिगेला, प्रदेश अध्यक्ष धुव्र कुमार मेयाङ्बो, प्रदेश सांसदत्रय कुसल साम्वा, कृष्णा राई, सूर्यमाराज राईलगायतको उपस्थिति रहने बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…