• पथरी / मोरङको पथरीशनिश्चरे–२, स्थित रत्नर्पाक दक्षिण क्षेत्रमा १४ करोडको लागतमा शीन भिलेज पार्टी प्यालेस रेष्टुरेण्ट एण्ड बार संचालनमा आएको छ ।
    पथरीशनिश्चरेका १० जनाको लगानीमा पार्टी प्यालेस रेष्टुरेण्ट एण्ड बार संचालनमा ल्याएको हो । संचालकहरुले आइतबार पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी प्यालेसको आगामी योजनाहरु बताएका थिए । लगातीकर्ताले गत भदौमा पार्टी प्यालेसको मात्र उद्घाटन गरी संचालनमा ल्याएको थियो । रेष्टुरेण्ट एण्ड बार सोमबार देखि शुक्रबार सम्म ५ दिन उद्घाटन हुने जनाएको छ ।

    उद्घाटन कार्यक्रमको साँझमा गौरव दर्पण र सृष्टी हिङ्माङको लोकदोहोरीले भरपुर मनोरञ्जन दिने र एसियाकै होची महिला मुना घिमिरेको प्रस्तुती रहने लगानी कर्ताहरुले बताएका छन् । बारमा प्रत्येक शुक्रबार सांगितिक साँझ हुने भएको छ । सांगितिक साँझमा गजल साँझ, लोकदोहोरी साँझ लगायतमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुले मनोरञ्जन दिने तयारी गरेका छन् ।

    १५ कट्ठा जग्गा खरिद गरी पार्टी प्यालेसको निर्माण २०७४ साल देखि नै गरेको थियो । प्यालेस सम्पन्न पछि त्यहाँका ५० जनाले दैनिक रोजगारी पाउने छन् । अहिले ८ करोड लगानी भैसकेको छ । अब ६ करोडमा तयारी पुरा हुने अध्यक्ष तिलक राईले बताए । अहिले ठूलो एउटा सभाहल, तीनवटा साना सान सभाहल रहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…