• ईटहरी- नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल २०१८ को ताज पहिरिएकी शृङ्खला खतिवडा यतिबेला चीनको सान्यामा मिस वर्ल्ड २०१८ को ताज नेपाल ल्याउन जोडतोडले कम्मर कसेर लागिगरेकी छिन् । तर हिजोको ‘हेड टु हेड’ च्यालेन्जको दोश्रो राउन्डमा भने पराजित भएकी छिन् । हेड टु हेड च्यालेन्जको १३ औं समुहमा परेकी शृङ्खला समूह बिजेता बन्दै शृङ्खला पहिलो राउण्डमा पुगेकी थिइन् ।हिजोको राउन्डमा उनले दिइएको प्रस्तुति सबै नेपाली समर्थकले मन पराए तर सम्पुर्ण निर्णायकले मिस सिंगापुर भेनिसा पेहलाईको प्रस्तुतिलाई मन पराए । त्यसैले शृङ्खलाले पराजय बेहोर्नु पर्यो । पराजय पछि उनले एक भिडियो सार्बजनीक गर्दै सबै नेपालीमाझ आखाभरी आशु सहित माफी मागेकी छिन ।

    ९० सेकेण्डको सममा ब्युटी विथ प्रपोज प्रोजेक्टको रुपमा श्रृंखलाले मकवानपुरको एक दुर्गम चेपाङ्ग गाउँमा सुरु गरेको अभियानका बारेमा बोलेकी थिइन् । त्यहाका बासिन्दा शिक्षा स्वास्थ्यका बारेमा उनले आफ्नो अभिव्यक्ति दिएकी थिइन् । उनको जवाफको मिस वर्ल्ड २०१३ मेगान योङ, मिस वर्ल्ड २०१६ स्टेफनी डेल भले र मिस वर्ल्ड २०१७ मानुषी छिल्लरको मूल्यांकन गरेका थिए ।

    सिंगापुरका भेनिसा पेह विजेता बने संगै टप ३० मा स्थान सुरक्षित भएकी हुन् । शृङ्खला यो राउन्डमा छानिएको थिइन् भने मिस वर्ल्डको अन्तिम ३० प्रतिष्पर्धीको रुपमा छानिन्थिइन । अहिले आएर शृङ्खला पराजित भएपनि निरास हुने ठाउँ पक्कै छैन । भोटको आधारमा शृङ्खलाको जित अझै पनि सुरक्षित छ । इन्डिया, युगान्डा, सिंगापुर, म्याक्सिको, थाईल्याण्डको प्रतिष्पर्धीहरु टप ३० मा पुग्न सफल भएका छन् ।

    बाकी रहेका प्रतिष्पर्धीहरुलाई अझै पनि भोट गर्दै मल्टिमिडिया, व्युटि विथ पर्पज वा ट्यालेण्ट जिताउन सकिन्छ । यदि यो जितेको खण्डमा अझै अन्तिम फाईनलको लागि ३० मा पर्ने सम्भावना निक्कै छ । त्यसैले शृङ्खलालाई अझै भोटको जरुरत छ । नेपालीहरुको भोटले नै उनी अब फाईनलमा पुग्न सक्छिन । भोट गर्नको लागि यहि डिसेम्बर ८ सम्म समय छुट्याइएको छ । अझै शृङ्खलालाई निरन्तर भोट गरिरहनु होला ।

    https://www.youtube.com/watch?time_continue=42&v=a_KgkDAL9ok

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…