• बजाजले आफ्नो सर्वाधिक बिक्री हुनेमध्येको एक मोडल ‘पल्सर–२२० एफ’को २०१९ संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले नयाँ इन्जिनकासाथ ल्याउन लागेको पल्सर–२०० एफमा नयाँ ग्राफिक्सकासाथमा इन्जिनलाई वेली–कभर दिएको छ ।

     

    यू–टुबमार्फत् सार्वजनिक भएको भिडियोमा नयाँ पल्सरमा एबीएस सिस्टम दिइएको नदेखिए पनि सुरक्षा मापदन्डलाई मध्यनजर गर्दै सिङ्गल च्यानल एबीएस दिइने अनुमान गरिएको छ । कम्पनीले २०१९ को पहिलो महिनामा नै नयाँ बाइक सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

    २२० सीसी सिङ्गल सिलिन्डर इन्जिनमा आउने नयाँ बाइकको इन्जिन कार्बोरेटर सिस्टमसहित आउनेछ । यसले २१ बीएचपी पावर र १९ एनएम–टर्क उत्पादन गर्ने क्षमता राख्छ ।

    अघिल्लो चक्कामा २६० एमएमको डिस–ब्रेक र पछाडिको चक्कामा २३० एमएम डिस–ब्रेक दिने बाइकमा १७ इन्चको ह्वील दिइनेछ । साथै, नयाँ मोडलको ह्वील–ब्ल्याक ग्राफिक्सकासाथ आउनेछ, जसले बाइकलाई निकै स्पोर्टी बनाउनेछ ।

    १५ लिटर क्षमताको इन्धन ट्याङ्की दिइने उक्त बाइक ३.२ लिटर पेट्रोल बाँकी रहँदा रिजर्भमा लाग्नेछ । उक्त बाइकले ३८ किलोमिटर माइलेज दिने अनुमान गरिएको छ ।

    नयाँ पल्सर–२२० एफको टप–स्पीड क्षमता १३४ किलोमिटर प्रतिघन्टा रहेको छ भने बाइकले ०–६० किलोमिटरको स्पीड भेट्टाउनमात्र ३.६ सेकेन्ड लगाउनेछ । यसलाई कम्पनीले फोर–कलर भेरियन्टमा बजारमा सार्वजनिक गर्नेछ, जसमा लेजर–ब्ल्याक, डिनो–रेड, क्रोम–ब्ल्याक र न्यूक्लियर–ब्ल्यू रहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…