•  

    राजु पोख्रेल बिर्तामोड, १६ मंसिर–झापा कमल गाउँपालिकाका युनिस पौडेल विगत एक बर्षदेखि अटो रिक्सा सञ्चालन गर्दै आइरहेका छन् । तर, उनीसँग अटोको सवारी चालक अनुमति पत्र छैन र कसैले पनि बनाउनु पर्छ भनेन र उनले पनि बनाउनको लागि कुनै चासो दिएन । पौडेल भन्छन् ‘हामीलाई किन लाइसेन्स चाहियो र ? आवत जावत गर्न पाइरहेका छौं ।’ यदि ट्राफिकले समातेर जरिवाना गर्न खोज्यो भने हजुर, आजत कमाई नै छैन, कसरी राजश्व तिर्नु ? भनेर दुःख देखाइदिदा भैगो नि ।

    पौडेलमात्र होइन, बिर्तामोडका अटोचालक बिमल बराईलीको भनाई पनि त्यस्तै छ । उनीसँग पनि सवारी चालक अनुमति पत्र छैन । तरपनि, उनी खुलेआम अटोरिक्सा सञ्चालन गरिरहेका छन् ।

    झापाका सबै स्थानीय तहमा अटोरिक्सा सञ्चालित छन् भने एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्म अटोरिक्सा सहज रुपमा आवत जावत गरिरहेका छन् । तर, झापामा सञ्चालित अटोरिक्सामध्ये आधासँग पनि सवारी चालक अनुमतिपत्र नभएको पाइएको छ । जसले गर्दा झापामा दुर्घटनाको जोखिमसमेत बढेको विश्लेषकहरु बताउँछन् ।

    यातायात व्यवस्था कार्यालय मेचीमा मंसीरको दोस्रो सातासम्म आइपुग्दा ६ हजार दुइसय अटो तथा सिटी रिक्सा दर्ता भएका छन् । भने, सोही अवधिसम्ममा १ हजार ८ सय ६३ जनाले मात्र अटोको सवारी चालक अनुमतिपत्र लिएको तथ्याङकले देखाएको छ । जसमा ३ हजार ७ सय ३२ जनासँग अझैपनि सवारी चालक अनुमतिपत्र बेगर अटोरिक्सा चलाइ रहेका छन् ।

    कारबाही गर्न झापा ट्राफिकलाई समस्या

    इलाका ट्राफिक कार्यालय दमकले केही दिनअघि केही अटोरिक्साहरुलाई नियन्त्रणमा लियो र कारवाही प्रक्रिया पनि अघि बढायो । तर, नेपाल सरकारले तोकेको राजश्व अधिकांश अटोरिक्साहरुले तिर्न सकेन ।

    दमक ट्राफिक प्रमुख दधिराम दाहाल भन्छन्–‘कतिपय चिजहरु मानवीय संवेदनासँग जोडिएको हुन्छ । देख्दा माया लाग्छ । तर, नियम त नियम हो नि ।’ उनी भन्छन्–‘दमकमा सञ्चालित अधिकांश अटोरिक्सा चालकहरुको लाइसेन्स छैन । हामी कारवाहीको प्रक्रिया अगाडि बढाइरहेका छौं । यो समस्या झापा जिल्ला भरिनै व्याप्त भइरहेको छ ।’

    झापाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजेश राई भन्छन्–‘हामीले सरोकारवाला निकायहरुसँग छलफललाई अगाडि बढाइरहेका छौं ।’ आवश्यक प्रक्रिया बनाएर कारवाही प्रक्रिया अगाडि बढाउँछौं र आफू मातहतका सबै कार्यालयलाई कारवाही अगाडि बढाउन निर्देशन दिएका छौं ।’

    व्यवसायी जिम्मेवार नहुँदा जोखिम बढ्दोः

    पछिल्लो समय झापामा आवश्यकता भन्दाबढी अटो तथा सिटी रिक्सा भित्रिएका छन् । अधिकांशसँग लाइसेन्स छैन । पार्किङ अव्यवस्थित छ । आवश्यक ट्राफिक नियमको बारेमा धेरैलाई थाहा नहुँदा र अनियन्त्रित तरिकाबाट बाटो काट्दा दुर्घटनाको जोखिम बढेको छ ।

    अर्को तर्फ एउटाले अटोरिक्सा लिने र आफू बिरामी वा काहीँकतै गएमा अरुलाई चलाउन दिने कारणले पनि झापामा अटो तथा सिटीरिक्साबाट दुर्घटनाको जोखिम बढ्न सक्ने जानकारहरु बताउँछन् ।

    जिम्मेवार छैनन् स्थानीय तहः

    अटो तथा सिटीरिक्साको संख्या झापामा माग भन्दाबढी छन् । अधिकांशसँग सवारी चालक अनुमतिपत्र पनि छैन । तरपनि, अनुमतिपत्र लिनुपर्छ भन्ने जनचेतना र लिनका लागि आग्रहसमेत अहिलेसम्म कुनैपनि स्थानीय तहले आवश्यक पहल गरेको पाइदैन । जसले गर्दा स्थानीयप्रति पनि प्रश्न चिन्ह उठ्न थालेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…