• हेटौँडा । नेपाल जेसीजको आयोजनामा जारी ४ दिने राष्ट्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा आइतवार सम्पन्न भएको छ ।
    हेटौडा जेसीजको आथित्यतामा मंसिर १३ गतेबाट सुरु भएको तालिममा ३० जनाको सहभागिता रहेको थियो । उक्त तालिमबाट ३० जना जेसीजकर्मी दिक्षित बनेका छन् । उनीहरुले नेपाल जेसीजले दिक्षित भएको प्रमाण पत्र र दिक्षित भएको पिन प्राप्त गरेका छन् । । तालिम समारोहमा बोल्दै नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले आफुले सिकेको सीपलाई आफ्नो शाखा र आम सदस्यहरुमाझ पुर्याएर थप टेवा दिन आग्रह गर्नु भयो । उहाँले जेसीजले व्यक्तिको व्यक्तित्व र नेतृत्व विकास गर्ने भएकाले यस तालिममा सिकेका कुराले समाज परिवर्तन गर्नमा पनि अझ थप मद्धत पुग्ने बताउनु भयो । नेपाल जेसीजका राष्ट्रिय तालिम आयुक्त अनिलबहादुर शाहीको सभापतित्वमा भएको तालिमका मुख्य प्रशिक्षकका रुपमा ट्रेनर महेश दाहाल र शम्भु दाहाल रहनु भएको थियो । तालिमको समापन समारोहमा निरुपित राष्ट्रिय उपाध्यक्ष जनकराज घिमिरे, राष्ट्रिय उपाध्यक्षहरु सुम्रिता शर्मा, अमिस ढकाल, पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर राजेशमोहन प्रधान, आतिथ्य शाखा अध्यक्ष रवि नेपाल, निर्देशक अरुण दहाललगायतको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…