• काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई नै अप्ठ्यारोमा पार्ने गरी विवादित काम गर्न थालेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विकल्प खोज्न थालिएको छ ।

    प्रधानमन्त्री ओलीलाई कुर्सीबाट फालेर अर्काे प्रधानमन्त्री बनाउनेसम्मको कुरा चल्न थालेको छ । नेकपाका स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले अब विलम्ब नगरी राजिनामा दिनुपर्ने माग गरेका छन् ।

    आईतबार प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानमन्त्री ओलीको राजिनामा माग गरेका हुन् ।

    हालै काठमाडौंमा सम्पन्न भएको एसिया प्यासिफिक समिट–२०१८ मा सरकारले स्पोन्सर गरेर गलत काम गरेको पनि आपत्ति जनाए । सम्मेलनमा सरकारको सक्रियता सहभागितालाई लिएर जनस्तरमा समेत विरोध भइरहेको छ । सम्मेलन गर्न खर्च भएको पैसाको छानबिन हुनुपर्ने पनि रावलको माग छ ।

    समिट काठमाडौंमा सम्पन्न भएर विश्वसामू मुलुकको छबि उँचो भएको भनेर प्रधानमन्त्री ओलीले भन्नुभएको छ नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा रावलले भने, ‘प्रधानमन्त्रीले के बोल्नुभयो ? कसरी बोल्नुभयो ? मलाई थाहा छैन । म त्यो समिटमा गएको भए पो थाहा पाउनु ? मलाई बेलुका आमन्त्रण गरिएको भनेर सूचना पाएको थिएँ । मलाई जुन प्रकारको तरिका भयो, यसमा मेरो आपत्ति भयो । मेरो अन्तस्करणले मलाई त्यो समिटमा नजा भन्यो ।’

    उनले उक्त संस्थाको नेपालमा खोलिएको शाखाको बारेमा समेत छानबिन हुनुपर्ने माग गरेका छन् । उनले भने, ‘नेपालमा खोलिएको शाखाको बारेमा अध्ययन हुनुपर्छ । यसले कहाँ कहाँ के के गरेको छ ? सरकारले छानबिन गरोस् । मेरो त्यो माग छ ।’

    तर देशको प्रधानमन्त्रीले नै शाखाका प्रमुख एवम् पूर्वमन्त्री एकनाथ ढकाललाई धाप मार्नुभएको छ नि ? अनि कसले कारबाही र छानबिन गर्छ त भनेर सोधिएको अर्को प्रश्नमा उनले भने, ‘ऋषिजी, म तपाईलाई एउटा कुरा भनौं, इतिहासमा यस्तो पनि हुन्छ, यदि आज त्यो कुराको खोजी भएन भने त्यसको बारेमा कुनै दिन पनि हुनसक्छ ।’

    प्रधानमन्त्री ओलीले कार्यक्रममा जनाएको सक्रिय सहभागिता, आयोजक पक्षले दिएका अभिव्यक्तिलाई लिएर अर्का स्थायी कमिटी सदस्य घनश्याम भुसालले समेत आपत्ति जनाएका छन् । आयोजकले प्रधानमन्त्री ओलीलाई एक करोड रुपैयाँसहित पुरस्कार दिएपछि ओली क्रिश्चियन धर्ममा बेचिएको आरोप लागिरहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…