• काठमाडौं – क्रिश्चियनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सरकारी सहभागितालाई लिएर सर्वत्र विरोध भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रममा एक करोड रुपैयाँ लिएका छन् ।

    धर्मनिरपेक्ष राष्ट्रको सरकारले क्रिश्चियनको कार्यक्रममा प्रत्यक्ष सहभागिता जनाइरहेको रहश्य त्यतिले सार्वजनिक भयो, जतिबेला क्रिश्चियन संस्थाले प्रधानमन्त्री ओलीलाई एक करोड दिने घोषणा गर्यो ।

    कार्यक्रम आयोजक युनिभर्सल पिस फाउन्डेसन (युपिएफ) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कारसहित एक करोड रुपैयाँ प्रदान गरेको हो ।

    आईतबार काठमाडौंमा सम्पन्न एशिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एण्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशि एक लाख डलर अर्थात् एक करोड नेपाली रुपैयाँ रहेको छ ।

    क्रिश्चियनहरूले नेपालीलाई आर्थिक प्रलोभनमा पारेर धर्मान्तरण गरिरहेको र हिन्दू धर्ममाथि आक्रमण गरिरहेको चर्चा फैलिएका बेला क्रिश्चियन संस्थाले प्रधानमन्त्रीलाई नै खुलेआम पैसा बाँडेको छ । प्रधानमन्त्री ओलीले क्रिश्चियनले दिएको पैसा देशभर बाँड्ने घोषणा गरेका छन् । अब क्रिश्चियनको पैसासँगै सरकारी माध्यमबाट क्रिश्चियनको सिद्धान्त र धर्म देशभर फैलिने आशंका गरिएको छ ।

    कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाका क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरेका छन् । ‘यो नेपाली जनता र नेपाल सरकारलाई गरिएको सम्मान हो । यसबाट प्राप्त रकम सरकारी कोषमा दाखिला गरेर युवा तथा बालबालिकाका क्षेत्रमा काम गर्ने संस्थालाई अगाडि बढाउने मेरो सोच छ,’ उनले भने ।

    प्रधानमन्त्री ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आवद्ध रहेका नेता एकनाथ ढकालले नेपालमा क्रिश्चियन धर्म फैलाउन विभिन्न कार्यक्रम गर्ने गरेका छन् । आयोजक चर्चकी प्रमुखले काठमाडौंको कार्यक्रममै नेपाललाई क्रिश्चियन राष्ट्र बनाउन सुझाव दिएकी छन् भने त्यसपछि प्रधानमन्त्रीलाई एक करोड रुपैयाँ पनि दिएकी छन् ।
    क्रिश्चियनबाट पैसा पाएका प्रधानमन्त्री ओलीले उनीहरूका लागि के गर्छन् ? हेर्न बाँकी छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…