• काठमाडौँ । `जो चोर उसैको ठूलो स्वर` भन्ने उखानको चरितार्थ नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले गरेका छन् ।

    महाप्रवन्धक कंसाकारले संसद्को संसदीय समितिमा सांसदहरूलाई हकारेपछि र असनमा लगेर कागजात फाल्ने भन्ने अभिव्यक्ति दिएपछि सांसदहरू आक्रोसित बन्न पुगेका छन् ।

    कंसाकारको भनाइप्रति नेकपाका सांसद भीमबहादुर रावल खरो रूपमा उत्रिएका थिए ।

    वाइडबडी विमान खरिद प्रक्रियामा संसदीय समितिमा काँग्रेस नेतृ सुजाता कोइराला, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, काँग्रेस नेता प्रकाशमान सिंह, सांसदहरू रेणुका गुरुङ्ग नारदमुनि राना, पुष्पा भुसाल, दिव्यमणि राजभण्डारी लगायतले कंसाकारलाई तालावाला खेलाएको समाचार स्रोतले जानकारी दिएको छ ।

    २४ अर्ब रुपियाँ तिरेर खरिद गरिएको दुईवटा वाइडबडी विमानको किस्तामा एक अर्ब १३ करोड रुपियाँ बुझाउनु पर्ने बताइएको छ । वाइडबडी विमान खरिद प्रकरणमा भएको रु. छ अर्ब घोटालाप्रति सार्वजनिक लेखा समितिले समेत छानविन गरिरहेको छ ।

    महालेखा परीक्षक कार्यालयको ५५ औं प्रतिवेदनले समेत विमान खरिदमा अनियमितता आंैल्याएपछि लहरो तान्दा पहरो थर्कने भएको छ ।

    दिनहुँ रु. एक करोड घाटामा गएर ग्राउन्डेड बन्न पुगेको वाइडबडी विमान खरिद प्रक्रियामा कंसाकारले नै एजेन्ट खडा गरी हवाई माफियाहरूको इशारामा निगमलाई टाट पल्टाउन लागिपरेको स्रोतले जानकारी दिएको छ ।

    बिना ‘विजनेश प्लान’ ल्याइएको वाइडबडीबाट मोटो कमिशन हात पार्न कै लागि न्यारोबडी विमान खरिद नगरिएको जानकारहरूले बताएका छन् ।

    जहाज निर्माण कम्पनीसँग सिंधै खरिद नगरी ल्याइएको जहाजले लामो दूरीमा उडान भर्न नसक्दा ‘सेतो हात्ती’ बन्न पुगेको छ ।

    कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको ऋण एवं किस्ता तिर्न नसकेपछि सांसदहरूले मात्र नभई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत कंसाकारलाई कठघरामा उभ्याउने तयारी गरेको नयाँ विमर्शमा उल्लेख छ ।

    वाइडबडीको तौल र पाटपूर्जाप्रति नै शंका उठेपछि कंसाकार उम्कन नसक्ने भएका हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…