• काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेको भूमि सम्बन्धि समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् ।

    मोरङ जिल्लाका जनप्रतिनिधीसँग सोमवार सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले जनताको सरकार भएकोले यसले जनताकै हितमा काम गर्ने बताएका छन् । ‘यो जनताको सरकार हो । यसले जनताको हितमा काम गर्छ’, उनले भने, ‘त्यसका लागि जे जस्ता विरोध आए पनि सामना गर्न सरकार तयार छ ।’

    प्रधानमन्त्री ओलीसमक्ष मोरङको कानेपोखरी, लेटाङ, बेलबारी र पथरीका प्रमुख, उपप्रमुखले विशेष नापी खटाएर त्यस क्षेत्रको जग्गाको समस्या समाधान गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीले  भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा अर्याललाई तत्कालै उक्त क्षेत्रको समस्या समाधान गर्न निर्देशन दिएका छन् ।

    टोलीसँगै रहेकी मन्त्री अर्यालले त्यस क्षेत्रको जस्तै अन्य क्षेत्रमा पनि भएका जग्गासम्बन्धी समस्या समाधान गर्न शक्तिशाली आयोग गठनको तयारी रहेको बताइन् ।मोरङका जनप्रतिनिधीहरुले विशेष नापी गरी धनीपूर्जा वितरण गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न जनप्रतिनिधिहरु सांसद घनश्याम खतिवडाको नेतृत्वमा पुगेका हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…