• हरि कोइराला
    लेटाङ(मोरङ) १७ मङ्सिर । बचत तथा ऋण सहकारी संस्थाको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड(नेफ्स्कुन)ले सोमबार मोरङको लेटाङमा पहिलो सम्पर्क कार्यालय स्थापना गरेको छ ।
    नेफ्स्कुनका देशभर २२ वटा फिल्ड कार्यलय रहेका छन् । सङ्घका कोषाध्यक्ष केशव पोख्रेलले सम्पर्क कार्यालयको उद्घाटन गर्नुभयो । पोख्रेलले कार्यालयको उद्घाटन गर्दै बचत तथा ऋण सहकारी संस्थाहरूको दीगो विकासका लागि नेफ्स्कुनले सरकारसँग सहकार्यमा कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनु भयो । उहाँले सहकारी संस्थाको जोखिम न्यूनीकरणका लागि जोखिममा आधारित कार्यक्रम सञ्चालन भइरहेको बताउनु भयो । सहकारीलाई प्रविधि मैत्री बनाउँदै समय सापेक्ष ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिँदै कोषाध्यक्ष पोख्रेलले सहकारी संस्थाको मापन भवन, कर्जा प्रवाह र निक्षेप सङ्कलनबाट मात्र नहुने बताउनु भयो । कतिपय ठूला सहकारीमा आर्थिक सुसासन नभएको,ऋण जोखिममा रहेको समेत पाइएको उहाँको भनाई थियो ।
    नेफ्स्कुन इटहरी फिल्ड कार्यालयका प्रमुख एवं नेफ्स्कुनका सञ्चालक सदस्य गोमा नेपालको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा नेफ्स्कुनका ,सञ्चालक समितिका सदस्य घनश्याम अधिकारी र चन्द्रा खड्का, प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा र लेटाङ नगरपालिकाको वार्ड ३ का वडाध्यक्ष देवराज चाम्लिङले बोल्नु भएको थियो ।
    लेटाङको मुख्य चौकमा रहेको सम्पर्क कार्यलयले पूर्वका बचत तथा ऋण सहकारी संस्थाहरूलाई तालिम तथा प्रविधिमा सहयोग पु¥याउने सञ्चालक सदस्य गोमा नेपालले बताउनु भयो । नेफ्स्कुनमा देशभरका ३ हजार ३ सय ८० वटा प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था आवद्ध छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…