• चीनमा आयोजना भइरहेको ६८ औं मिस वर्रल्डको फम्र्याटलाई लिएर नेपालीहरुमाझ अन्योल देखिएको छ । प्रतियोगितामा नेपालकी श्रृंखला खतिवडाको वास्तविक अवस्था के हो भन्नेबारेमा धेरैलाई सही जानकारी छैन ।

    यतिबेला मिस वर्ल्डका प्रि-इभेन्टहरु भइरहेका छन् । अहिलेसम्म यो प्रतियोगिता अन्तरगत टप मोडल कम्पिटिसन, मिस ट्यालेन्ट, स्पोर्टस्  कम्पिटिसन, बेस्ट डिजाइनर र हेड टु हेड च्यालेन्ज सम्पन्न भइसकेका छन् । यीमध्ये टप मोडल कम्पिटिसन जितेर जर्मनीकी सुन्दरी माइभा कोउके, ट्यालेन्ट कम्पिटिसन जितेर जापानकी सुन्दरी कनाको डढेट र स्पोर्टस्  कम्पिटिसन जितेर अमेरिकी सुन्दरी मरिसा बटलर टप ३० मा प्रवेश गरे ।


    स्तै हेड टु हेड च्यालेन्जमार्फत १० जनाले टप ३० मा स्थान बनाए । यसरी टप ३० का १३ स्थान प्याक भइसकेका छन् । अब श्रृंखलाले बाँकी १७ स्थानका लागि भिड्नुपर्ने छ ।


    अब मुख्य प्रतियोगिता अगाडि ‘ब्यूटी विथ प्रपोज’ र मल्टिमिडिया अवार्डको नतिजा आउन बाँकी छ । यी दुई मध्ये मल्टिमिडया अवार्डकी बलियो दावेदार हुन् श्रृंखला । धेरैले सोचेका छन्, मिस वल्र्डका लागि भोटिङ गर्ने अवधि समाप्त भइसक्यो । तर, यो सत्य होइन । मल्टिमिडिया अवार्डका लागि भोटिङ अझै जारी नै छ ।

    मुख्य इभेन्टको दिन ८ डिसेम्बरसम्म नै मल्टिमिडया अवार्डका लागि भोट दिन सकिने श्रृंखलाले एक भिडियोमा बताएकी छिन् । उनी अहिलेसम्म ३५ प्रतिशत भोट ल्याएर अग्रस्थानमा छिन् ।

    यसअघि हेड टु हेड च्यालेन्जको पहिलो चरणको निर्णय पनि पब्लिक भोटिङका आधारमा भएको थियो । यसमा श्रृंखला आफ्नो समुहबाट विजेता हूँदै दोस्रो चरणमा प्रवेश गरेकी थिइन् । दोस्रो चरणमा ९० सेकेन्डको भिडियो पि्रजेन्टेसन दिनुपर्ने थियो । यसमा सिंगापुरकी सुन्दरी उनीसँग प्रतिस्पर्धामा थिइन् । तीनै जना जजहरुको मत पाएर सिंगापुरकी सुन्दरीले श्रृंखलालाई हराइन् ।

    अब श्रृंखलासँग टप ३० मा पर्नका लागि मल्टिमिडिया वा ब्यूटी युथ प्रपोजमा पहिलो हुने अथवा निर्णायकको मन जित्ने बिकल्प बाँकी छ । निणर्ायकको मतका आधारमा १५ जना टप ३० मा जानेछन् ।

    मल्टिमिडिया अवार्ड पब्लिक भोटका आधारमा दिइने भएकाले यसमा उनलाई ठूलो आशा छ । ब्यूटी विथ प्रपोजको अवार्ड भने सुन्दरीले सञ्चालन गरेको जनहितकारी परियोजनाको प्रिजेन्टेसन हेरेर दिइन्छ ।

    ब्यूटी विथ प्रपोजलाई मिस वल्र्डमा सबैभन्दा महत्वपूर्ण विधा मानिन्छ । यो अवार्ड जितेमा टप १० मा पर्ने सम्भावना प्रबल हुन्छ । यसअघि सन् २०१३ मा मिस नेपाल इशानी श्रेष्ठले ब्यूटी विथ प्रपोजको अवार्ड जितेकी थिइन् । मिस वर्ल्डमा नेपालले हासिल गरेको सबैभन्दा ठूलो सफलता यही हो ।

    श्रृंखलाले हिजो मात्रै आफ्नो आधिकारिक फेसबुक पेजबाट मल्टिमिडिया अवार्डका लागि भोट अपिल गरेकी छन् । साथै उनले आफ्नो नक्कली पेजहरुमा भ्रामक कुराहरु लेख्दै फोटो सेयर गर्न आह्वान गरिएको भन्दै त्यस्ता पेजहरुमाथि रिपोर्ट गर्न पनि आग्रह गरेकी छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…