• दीप खादी लिम्बू

    धर्म एउटा अनुशासन र आस्थाको बिसय हो!हामिले धर्म लाइ त्यति सङ्कुचित हिसाबले हेरेको पनि छैनौ।धर्मकै कारण आज विश्व युद्ध भयो कयौले ज्यान गुमाउनु पर्यो करोडौंको जीवन बिस्थापन भएको ईतिहास आलो छ।भने धेरै देश अलग भएर स्वतन्त्र रहेको छ।लाखौले घरबार बिहिन हुनुपर्यो यो एउटा सम्योग मान्नुपर्छ।किनभने धर्म प्रती नेपाली समाजको अतिनै सूक्ष्म अध्यन र सङ्कुचित बिचार छ।

    धार्मिक हिसाबले लामो इतिहास बोकेको नेपाल अझै पनी अभ्यासकै क्रममा छ।हामी कहिले पनी धार्मिक रुपले इमान्दार बन्न सकेनौ बरु एक अर्काले होच्याउने ,गिराउने र गिज्याउने क्रम जारी रहयो जस्को कारण हामी एक अर्कामा पानी बारबारको स्थिति छ।र एक अर्काको अस्थित्व स्विकार्ने हिम्मत राख्दैनौ।

    एउटा ब्यक्तिले कहिले पनि धार्मिक हिसाबले समुदाय लाई बुझ्दैन र हेर्दैन पनि तर अबिबेकी मानिसहरुकै कारण आफू लाइ धार्मिक हैकम दिन तत्पर हुन्छ।आफ्नो पहिचान र परिचयकै कारण बिस्तारै बिबादास्पद बन्न जान्छ।फलस्वरूप बाध्यता पुर्बक एउटा धरातल चुन्न बाध्य तुल्याउछ।र धार्मिक हाबीले समाजमा बिकराल पैदा गर्छ।र आफू लाई मसिहा ठान्छ।

    धर्म आस्थाको केन्द्रबिन्दु हो।स्वतन्त्र रुपमा आफुले चाहे अनुसार धर्म मान्ने छुट सबै लाई छ।यद्यपि यहाँ धर्म लाई डलर साट्ने माध्यम हो भनेर व्याख्या विश्लेषण गर्नेहरुको ताती पनि उतिकै छ।कुनै धर्म अपनाउदैमा डलर मिल्ने भए जागिर मिल्ने भए नेपाल भित्र सायद कोहि पनि बेरोजगार भएर बिदेसिनु पर्दैन थियो होला?

    यसै सन्दर्भ सङ मेल खाने नाटकीय ढंगले जनमानसमा भ्रम छर्न क्रीस्चियन सम्मेलन भनेर प्रचारबाजी गरिएपनी वास्तवमा Asia pacific international university सम्मेलन आङ्ग सोङ्ग ह्वाङ्ग जस्तै अर्को झुटो ब्यक्ति दक्षिण कोरियाकै डा. ली जसले आफैले आफैलाई ख्रीष्ट तथा मशिहा घोषणा गरेको थिए

    यो सम्मेलन त्यहि झुटो शिक्षा समुहको सम्मेलन हो ! यसमा कुनै पनि नेपाली ख्रीष्टियन समुदायको सहभागिता छँदै छैन ! अर्को कुरा डा. लिको शिक्षा पनि एकदमै पवित्र बाइबल बिपरित भिन्न , उल्लेख गर्न पनि लाजमर्दो , एकदमै अनैतिक ब्यभिचारले भरिएको छ । यसैले दक्षिण कोरिया लगायत विभिन्न देशहरूबाट समेत यिनिहरु लखेटिएका थिए।

    तिनै ब्यक्तिहरुले सन २००५ मा यु. पि.एफ स्थापना गरेका हुन।डा. लि को मृत्यु २०१२ मा भइसके पछि यु. पी.एफ.को जिम्मा त्यही डा. लि को श्रीमती हाक जा हान भन्ने स्त्रीले लिएकी थिन।, जो उनीहरु माझ पनि पवित्र बाइबल मै उल्लेख नभएको कथित सियोनमा परिचित छाङ्ग गिल जा जस्तै अर्को हाक माता कि नामले परिचित रहिन।

    हाल नेपालमा हुने यु.पि.एफ सम्मेलनमा फ़ेरि आफैंले आफैलाई येशू कि पवित्र छोरी नाउँ घोषणा गर्नै लागेकी जसमा नेपाल सरकारलेनै साथ दिइरहेको बुझाइ छ।तर जे जस्तो भएपनी यो कुनै ख्रीष्टियन सम्मेलन होईन र यसमा हामी नेपाली ख्रीष्टियन समुदायको कुनै सहभागिता छैन।

    किनकि यस्ता झुटा समुह संसारमाझ ख्रीष्टियन बारे र पवित्र बाइबल बारे भ्रम छर्ने उदेश्यले खडा गरिएका हुन ! त्यति मात्रै होईन वास्तवमा अन्त्यको दिनहरूमा हुन आउने चिन्नहरु बारे प्रभु येशूले भन्नुभएको वचन पूरा भइरहेको जग जाहेर छ। प्रभु येशूले भन्नुभएको थियो, " होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्‌। किनभने धेरै जना मेरो नाउँमा ‘म ख्रीष्‍ट हुँ’ भन्‍दै आउनेछन्‌, र धेरैलाई बहकाउने छन्‌।

    मत्ती २४:४-५ ( पवित्र बाइबल ) आज सम्म केवल दक्षिण कोरिया बाट मात्रै यस्ता आफैलाई ख्रीष्ट म नै हु भनेर दावी गर्ने दर्जन नाघिसकेका इतिहास छन ! अरु कति होलान कुनै तथ्यांक छैन। तर पनि यस्ता कुराहरूले हामी धेरै विचलित हुनु जरुरी छैन।

    कारण प्रभु येशूको सत्य वचन त सत्य ठहरिनै छ। यस्ता झुठो कुरा भएन भने त वचन कसरी सत्य ठहरिने र? बस हामी सचेत रहेर शुरुको विश्वासलाई अन्त्य सम्मै थामिरहन हर तरफ प्रायास गर्नुपर्छ।त्यसकारण हामी सङ्यम र सहनशीलता लाई सधैं आत्मसात गर्नुपर्ने हुन्छ।आलोचनात्मक बिसयहरु लाई आत्मसमिक्षा गर्दै निरन्तर प्रभुको काममा अघि बड्न सबै क्रिश्चियन समुदायहरु लाई अनुरोध छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…