• १७ मंसिर, काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २/२ रुपैयाँ घटाएको निगम सञ्चालक समितिका सदस्य अरिबन्द अग्रवालले जानकारी दिए ।

    भारतीय आयल निगमले आइतबार शनिबार पठाएको नयाँ मुल्य सूचीअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँमा किन्न पाइनेछ । यस्तै डिजेल र मटितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँमा झरेको छ ।

    निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत राखेको छ ।

    यो समायोजन पश्चात् पनि भारतको रक्सौल भन्दा नेपालको वीरगंजतर्फको सीमा मूल्यमा पेट्रोलमा १२.३२ रुपैयाँ प्रतिलिटरले र डिजेलमा १५.७१ रुपैयाँले सस्तो हो ।

    निगमलाई यो आथिर्क वर्षमा मात्र ३ अर्व ८४ करोड घाटा भइसकेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । खरिद मूल्य अत्याधिक बढेको बखतमा पनि नेपाल सरकार तथा सम्बन्धित संसदिय समितीको चाडवाडको बेला पेट्रोलियम पदार्थको मूल्य नबढाउन अनुरोध भएपछि निगमले मूल्यवृद्धि गरेको थिएन ।

    अब निगमलाई पेट्रोलमा प्रतिलिटर ११.४४ रुपैयाँ नाफा छ । डिजेलमा प्रतिलिटर ५.८१ रुपैयाँ छ । ग्याँसमा भने प्रति सिलिण्डर २८४.८३ रुपैयाँ घाटा छ । समग्रमा निगमलाई आगामी १५ दिनमा करीब ५६ करोड ५८ लाख नाफा हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…