• काठमाडौं – कञ्चनपुरकी बालिका निर्मला पन्तका बलात्कारी–हत्या पत्ता नलागेको धेरै भयो । दुईतिहाई बहुमत पाएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभित्रै रहेका हत्यारा पत्ता लगाउन सकेको छैन ।

    तर दुईतिहाई बहुमतको सरकार र कम्युनिस्ट पार्टीका नेताको जोडबलले कम्युनिस्ट नेता विरोध खतिवडाकी छोरी श्रृंखला खतिवडाले विदेशमा गएर मिस वर्ल्डको मल्टिमिडिया अवार्ड जित्दै अन्तिम ३० मा स्थान सुरक्षित बनाएकी छन् ।

    सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले १ सय १९ देशका प्रतिस्पर्धीलाई उछिन्दै अवार्ड जितेकी हुन् । नेपालकी प्रतियोगीले मल्टिमिडिया अवार्ड जितेको पहिलो पटक हो । नेताकी छोरी खतिवडालाई भोट दिलाउन कम्युनिस्ट पार्टीका उच्चस्तरीय नेताले नै प्रचारप्रसार गरेका थिए ।

    श्रृंखलाका लागि भोट माग्ने तिनै नेताले निर्मला पन्तका हत्यारा पत्ता लगाउन कहिल्यै आवाज उठाएको देखिएन । बरु सरकार नै हत्यारा लुकाउन लागिरहेको र निर्मलालाई न्याय माग्नेमाथि दमन गरिरहेको देखिएको छ । के दुईतिहाईको सरकार नेताका छोराछोरीका लागि मात्रै हो ? सर्वसाधारण जनताका छोराछोरीलाई सरकारमा अपनत्व महसुस कहिले गर्ने ?

    श्रृंखला अझै मिस वर्ल्डको रेसमा भएकाले कम्युनिस्ट नेताले भोटका लागि तीब्र प्रचारप्रसार गर्नेछन् । तर निर्मलाका लागि अभियान र आन्दोलन गरिरहेका अभियन्तालाई कम्युनिस्ट नेताले खुलेर समर्थन र सहयोग गरेको देखिएको छैन । सरकार र कम्युनिस्ट नेताको समर्थन र साथ पाउन नेताकै छोरी हुनुपर्ने हो ?

    विभिन्न मल्टिमिडिया प्लेटर्फममा भएको फ्यान फलोइङ र भोटिङलाई हेरेर श्रृंखलालाई विजेता घोषित गरिएको मिस वल्र्डको आधिकारिक इन्टाग्राम पेजमा जनाइएको छ । मेक्सिको र केन्याका सुन्दरी दोस्रो र तेस्रो स्थानमा छन् । सान्या टुरिज्म भिडियो च्यालेन्जमा पनि श्रृंखला तेस्रो स्थानमा रहेकी छिन् ।

    श्रृंखलाले अवार्ड जितेपछि कम्युनिस्ट नेता कार्यकर्ता सामाजिक सञ्जालमा हर्षबढाइँ गरिरहेका छन् । तर निर्मलाको न्यायका लागि महिनौंदेखि आवाज उठाइरहेका र लडिरहेका सर्वसाधारण अझै निराश छन् । सर्वसाधारण जनताको मुहारमा खुशीको बहार कहिले आउँला ?

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…