• काठमाडौ,१८ मंसिर । पार्टीको प्रस्तावित विधान मस्यौदामाथि छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दैछ ।  पार्टी कार्यालय सानेपामा ११ बजेपछि बस्ने बैठकमा प्रस्तावित विधान मस्यौदामाथी केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नेक्रम जारी रहने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    कांग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न गठित महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वको समितिले मङ्सिर ९ गतेको केन्द्रीय समिति बैठकमा विधान संशोधनको मस्यौदा प्रस्तुत गरेका थिए ।

    मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा उक्त मस्यौदामाथि छलफल चलिरहेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा सोमबार बसेको बैठकमा केन्द्रीय सदस्य बलबहादुर केसी, डा.नारायण खड्का, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय, डा. शेखर कोइराला, जीवनबहादुर शाही, रत्ना शेरचन र किरण यादवले आ–आफ्नो धारणा राखेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…