• ओली सरकार मुलुकको परराष्ट्र नीतिमा घातक खेलबाड गरिरहेको छ ? कतै उनका आसपासका व्यक्ति उनी मार्फत राष्ट्रिय खतरा आमन्त्रण त गरिरहेका छैनन् ?

    भारतका प्रधानमंत्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको अवधिमा दुई नम्बर प्रदेशका मूख्य मंत्री मोहम्मद लालबाबु राउतले राष्ट्रिय सम्मान, कूटनीतिक मर्यादा, परम्परा र संस्कृति विपरितको भाषण मोदी समक्ष गरे I त्यतिखेर नेपालका रक्षामंत्री पनि त्यहीं उपस्थित थिए I

    मोदीजी ओलीजीको निमन्त्रणामा आएका थिए र उनको नेपाल बसाई र यहाँका सबै औपचारिक भेटघाट, कुराकानी र मोदीजी समक्ष औपचारिकरूपमा जो सुकैबाट राखिने मन्तब्यहरू ओली सरकारको सहमति र अनुमोदनबाट भएका भनेर बुझिन्छ I

    ती सबै ओली सरकारका धारणा भनेर देश र दुनियाँले बुझ्दछ I  ओली सरकार र उनको परराष्ट्र मन्त्रालय त्यहाँ गंभीररूपमा चुकेको थियो - अक्षम्य गल्ती गरेको थियो I ***** बिमस्टेक सम्मेलनमा बिमस्टेक राष्ट्रहरूसँग संयुक्त सैन्य अभ्यास गर्ने सहमति जनायो, सेनालाई सहभागिताको स्वीकृति दियो I दुई दिन पछाडि भाग नलिने निर्णय गर्यो !

    ***** यस्ता गम्भीर विषयहरूमा हचुवा , अराजक र अन्यौलग्रस्त मानसिकतामा सरकार देखियो I यसले सरकारको विश्वसनीयतामा खडा गर्यो I ***** हाल आएर एउटा जताततै विवादमा आएको इसाई एनजीओ र आइएनजिओले नेपालमा उसको धार्मिक कार्यक्रमको आयोजना गर्यो I प्रधानमन्त्रीको शपथ लिंदा ईश्वरको नाउमा शपथ सम्म नलिने नेपालका प्रधानमंत्री उक्त क्रिश्चियन सँस्थाका अतिथिहरूको स्वागत र सम्मानकालागि तीन दिनसम्म सारा सरकारी कामकाज छोडेर -सरकारी निवासमा बस्न छोडेर होटलमै बसेको समाचार आयो I

    कसैलाई येशुको छोरी घोषणा गर्ने र इसाई धर्ममा प्रवेश गर्नेहरूकालागि इसाई परम्परा अनुसार आशिर्वाद दिने र दीक्षित गर्ने कार्य उक्त सम्मेलनको मूल उद्देस्य देखियो र त्यसकोलागि विगत र वर्तमानका विदेशी राष्ट्र प्रमुख र सरकार प्रमुखहरूलाई आमन्त्रण गर्ने पत्रमा नेपालका प्रधानमंत्रीको हस्ताक्षर रहेको र प्रधानमंत्रीका परराष्ट्र सल्लाहकार सो निमन्त्रणा पत्र बोकेर ती विदेशी नेताहरू समक्ष पुगेकोबारे विगतमा गृह र रक्षा मंत्री समेत भैसकेका ओलीजी कै दलका वरिष्ट नेता भीम रावलले सार्वजनिक रूपमै उल्लेख गरेका छन् I

    ***** विश्व एक किसिमको धार्मिक द्वन्द्वमा छ I भारत त्यस्तो द्वन्द्वको पीडा र चुनौती भोगिरहेको छ ! प्रधान मंत्री मोदी र उनको दल मुसलमानहरूका साथसाथै मूलत: विश्वभरीका र भारतका इसाई आस्थाका राजनीतिक व्यक्ति र समुदाय बाट कडा प्रहार बेहोरिरहेका छन् I चीन पनि कट्टरपन्थी मुसलमान र इसाई समुदायबाट त्यस्तै चुनौती बेहोरिरहेको छ I

    त्यस अवस्थामा भारत र चीन दुबैको विरोध गरिरहेको उक्त इसाई एनजिओको कार्यक्रमलाई नेपाल सरकारले आफ्नो उच्चतम राजनीतिक प्राथमिकताको कार्यक्रम बनाएको अवस्थाले नेपालकाप्रति भारत र चीन दुबैतिर शंका र अविश्वासको स्थिति निर्माण भएको हुनुपर्दछ I ***** माधव नेपाल त धेरै बर्ष देखि त्यस्तो सन्देहास्पद गतिविधिमा संलग्न रहेको बुझिएकै थियो I  स्पष्ट र खरो दृष्टिकोण राखेर राष्ट्रिय स्वाभिमान र राष्ट्रिय अश्मिताका प्रतीकको रूपमा मुलुकमा एउटा छवि बनाएका केपी शर्मा ओली वास्तवमै राज्य संचालनमा गैर जिम्मेवार बन्दै गएका हुन् त ?

    उनका आसपासका व्यक्ति उनी मार्फत राष्ट्रिय खतरा आमन्त्रण त गरिरहेका छैनन् ?

    ***** तर पीडा र बिडम्बनाको कुरो के छ भने यतिखेर यही प्रणाली अन्तर्गत मुलुकसँग र नेकपासँग ओलीको विकल्प देखिन्न र यो अत्यन्त खतरनाक स्थितिमा रुपान्तरण हुने सम्भावना तर्फ अघि बढिरहेको पो छ कि ? सरल पत्रिकामा समाचार छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…