• काठमाडौं ।

    किरात राई विद्यार्थी संघको ९ औं राष्ट्रिय सम्मेलन आगामी बैशाखमा माझ किरात खोटाङको जिल्ला सदरमुकाम दिक्तेलमा हुने भएको छ । संघको मंसिर १६ र १६ गते केन्द्रीय कार्यालय कठमाडौं स्थित कोटेश्वरमा राष्ट्रिय परिषदको विस्तारित बैठक भएको थियो । बैठकले बैशाख २६, २७ र २८ गते दिक्तेलमा सम्मेलन गर्ने निर्णय भएको संघको अध्यक्ष बिर्सिका राईले बताए ।

    बैठकले अध्यक्ष बिर्सिका राईले संयोजकत्वमा मूल आयोजक समिति, उपाध्यक्ष जितेन राईको संयोजकत्वमा आर्थिक, अर्का उपाध्यक्ष रामचन्द्र राईको संयोजकत्वमा मूल व्यवस्थापन, प्रचारप्रचार लगायतको १३ वटा उपसमिति गठन भएको संगठनले बताएको छ । बैठकले प्रदेश नम्बर १ लाई किरात प्रदेश नामकरण गराउन ‘धरानदेखि विराटनगर’सम्म मार्चपास, धर्ना, सम्मेलनको माहोल बढाउने क्रममा गाउँ गाउँमा किरात पहिचान सम्बन्धी जनचेतना फैलाउन लागि पर्ने समेत निर्णय भएको संगठनले जनाएको छ । बैठकको उद्घाटन नेपाल कमर्स क्याम्पस नयाँ वानेश्वरमा भएको थियो ।

    उद्घाटन कार्यक्रममा पूर्व मन्त्री तथा यायोक्खा संस्थापक सदस्य गोपाल किराती, किरात राई यायोक्खा केन्द्रीय कार्यवाहक अध्यक्ष दिवस राई, संघको पूर्व अध्यक्षहरु भोगिजार राई, अर्जुन जम्नेली राई लगायतको उपस्थितिमा भएको थियो । दुई दिनसम्म चलेको बैठकले २०७५ बैशाख २६—२८ गते दिक्तेलमा ९ औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।

    संघको ८ औं राष्ट्रिय सम्मेलन २०७३ मंसिरमा भएको थियो । किरात राई विद्यार्थी संघले प्रदेश नम्बर १ को नाम भूमि, सभ्यता र इतिहासको आधारमा किरात रहनुपर्ने माग गर्दै विभिन्न अभियानहरु संचालन गर्दे आएको छ । विभिन्न चर्चहरुले किरात राई समुदायको साझा संस्थामा अनुमति विन चाम्लिङ र थुलुङ्ग भाषामा बाइबल छापेर विक्री गरेकोप्रति आपत्ति जनाएको छ । किरात राई विद्यार्थी संघ किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खाको प्रमुख भातृ संगठन हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…