• देबु बानियाँ
    झापा । नेपाल जेसीजको ४५ औँ महाधिवेशनका उप निर्देशक लक्ष्मीनारायण शाहले जनकपुरको ४ दिने बसाइमा कुनै समस्या नहुने बताउनु भएको छ । देशभरका शाखाहरुले जनकपुर महाधिवेशनको बसाइ कस्तो हुने हो भन्ने चिन्ता व्यक्त गरिरहेका बेला उप निर्देशक शाहले यस्तो धारणा व्यक्त गर्नु भएको हो । उहाँले जनकपुरको संस्कार अतिथि देव भवः भन्ने मान्यतालाई आत्मासाथ गर्दै यहाँ आउनु भएका सबै जेसीज मनहरुलाई ४ दिनसम्मको बसाइदेखि हरेक कुराहरुमा कुनै समस्या आउन नदिने बताउनु भयो । उप निर्देशक शाहले यो महाधिवशेन हामी सबै जेसीज मनहरुको भएकाले अझ यसलाई थप उत्कृष्ट बनाउनका लागि समयमा शाखा रजिष्ट्रेशन गरेर सहयोग गरिदिन समेत शाखाहरुलाई आग्रह गुर्न भयो । पुष ७ गतेबाट हुने महाधिवेशनका लागि आथित्यता शाखा जनकपुर जेसीजले ६ महिना अघि देखि नै शाखा रजिष्ट्रेशन खुल्ला गरेको उहाँले बताउनु भयो । ‘सकेसम्म तपाईहरुलाई सन्तुष्ट बनाउने तयारीमा छौँ’ उप निर्देशक शाहले भन्नु भयो–‘होटल र खानाको विषयलाई हामीले मुख्य रुपमा लिएर काम गरिरहेका छौँ ।’
    ४ दिनसम्म सञ्चालन हुने महाधिवेशनमा आउने विभिन्न शाखाहरुका लागि बास्ने व्यवस्थापनका लागि आथित्यता शाखाले मिलाउनु पर्ने हुन्छ । महाधिवेशनमा मुख्य समस्या र मिलाउन कठिन हुने क्षेत्र भनेको बास बस्ने व्यवस्थापन नै हो । यस महाधिवेशनमा २ हजार भन्दा धेरै मानिसहरुको सहभागिता रहन्छ । जनकपुर क्षेत्रमा करिब १८ सय क्षमता भएका होटल मात्र छन् । यदि शाखाहरुले समयमा रजिष्ट्रेशन गर्ने हो भने शाखालाई मिलाउन सहज हुने पूर्व शाखा अध्यक्ष समेत रहनु भएका उप निर्देशक शाहले बताउनु भयो ।
    ‘समयमा रजिष्ट्रेशन गर्नुहोस् र आफ्नो हाटेलका बारेमा जानकारी लिनुहोस्’ उप निर्देशक शाहले भन्नु भयो–‘हामीले सकेसम्म तपाईहरुको सहजता र महाधिवेशनलाई सहज रुपमा सम्पन्न गर्ने लक्ष्यका साथ अगाडीबाटै रजिष्ट्रेशन खुल्ला गरेका हौँ । यदि तपाइहरुले समयमा यो काम सम्पन्न गर्नु भएमा पछि सहभागि हुन आउनु भन्दा अघि नै तपाईहरुको मोबाइलमा होटलको नामसहित कोठा नम्बर पाउनु हुनेछ । जसले गर्दा यहाँ आएर तपाईहरुले कुनै समस्या बेहार्नु पर्ने छैन् । तपाईहरुकै सहजताका लागि हामीले बारम्बार आग्रह गरेका हौँ ।’

    आथित्यता शाखाले दिएको जानकारी अनुसार १८ सय भन्दा पछि रजिष्ट्रेशन गर्ने शाखालाई ढल्केबर र बर्दिबासमा व्यवस्थापन गर्ने तयारी गरिएको छ । अहिलेसम्म रजिष्ट्रेशन भएका शाखाहरुलाई होटलको व्यवस्था मिलाई होटलको नाम सम्बिन्धित शाखामा पठाइसकिएको आवास व्यवस्थापन समितिको संयोजक शंकर शाहले बताउनु भयो । उहाँका अनुसार अहिलेसम्म करिब ३५ वटा शाखाले रजिष्ट्रेशन गरिसकेका र उहाँहरुलाई कोठा नम्बर केही दिन भित्रमा उपलब्ध गराइसक्ने बताउनु भयो ।

    रजिष्ट्रेशनका लागि आथित्यता शाखाले राष्टिय बाणिज्य बैक र मेगा बैंकमा रकम जम्मा गर्ने व्यवस्था गरेको छ । राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्नका लागि खाता नम्बर १२२०००६६७००१ र मेगा बैंकमा जम्मा गर्ने शाखाका लागि खाता नम्बर ०२६००१०१२६४०४ रहेको संयोजक शाहले बताउने भयो ।

    यसैगरी सिधा सम्पर्क गर्नका लागि महाधिवेशनका विभिन्न व्यक्तिहरुको नाम र फोन नम्बर समेत यहाँ राखिएको छ ।
    महाधिवेशन निर्देशक सन्तोष शाह ९८५४०२५५५६
    शाखा अध्यक्ष जितेन्द्र महासेठ ९८५४०२०५००
    आवास संयोजक शंकर शाह ९८१४८७९००
    उप निर्देशक मनिष ९८५४०२०९२१
    उप निर्देशक लक्ष्मीनारायण शाह ९८४४०२६६८२
    महासचिव तुलसी पञ्जियार ९८५५४०२६०५०
    कोषाध्यक्ष अभिषेक चौधरी ९८५४०२३७९१

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…