• काठमाडौँ, १८ मङ्सिर 

    नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ५७ हजार ४०० मा कारोवार भइरहेको छापावाल सुन आज रु ६०० ले बढेर प्रतितोला रु ५८ हजार ३०० मा कारोवार भएको छ ।
    अमेरिकी डलरको तुलनामा भारु कमजोर भएका कारणले आन्तरिक बजारमा पहेँलो धातुको मूल्य बढेको महासङ्घले जनाएको छ ।

    आइतबार प्रतितोला रु ५७ हजार १०० मा कारोवार भएको तेजावी सुन आज रु ९०० ले बढेर रु ५८ हजारमा कारोवार भएको छ । केही दिन स्थिर रहेको चाँदी आज रु २० ले बढेर रु ७२० मा कारोवार भएको छ । महासङ्घले आज १० ग्राम सुनको मूल्य रु ४९ हजार ९८५ कायम गरेको छ । त्यस्तै १० ग्राम चाँदीको रु ६०९ कायम भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…