• करन धिताल

    पथरी मंसिर १८, मंगलबार

    पाचौं मोरङ जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिताको उपाधि पथरीशनिश्चरेका संजिव मगरले जितेका छ्न । उपाधि जितेको अवसरमा पथरी फिटनेश क्लबले बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । पथरीशनिश्चरे १ मा स्थापित सिन भिलेज पार्टी प्यालेसमा सोमबार सो कार्यक्रमको आयोजना गरिएको थियो । शारीरिक सुगठन तथा फिटनेश संघ मोरङले शनिबार विराटनगरमा गरेको प्रतिस्पर्धामा पथरीशनिश्चरेकै अजय मल्लिक फष्ट रनरअप र पथरीशनिश्चरेकै योगेश लिम्बु सेकेण्ड रनरअप घोषित भएका थिए । मगरले ७० केजी समूहमा स्वर्णपदक जितेका हुन भने मल्लिकले ५५ केजी र लिम्बुले ६५ केजीमा स्वर्ण पदक जितेका हुन् ।

    मगरले ट्रफी सहित ५१ हजार, मल्लिकले २५ हजार र लिम्बुले ११ हजार रुपयाँ प्राप्त गरेका थिए । मोरङका ८ वटा क्लबका २० जना प्रतिस्पर्धी बीचमा भएको प्रतियोगितामा पथरीे फिटनेश क्लबले सफलता पाएको फिटनेश क्लबका सञ्चालक गणेश नेपालीले जानकारी दिए । सो कार्यक्रममा पथरीशनिश्चरे–१ का वडाध्यक्ष तथा फिटनेश सेन्टरका सल्लाहकार बाबुराम ऐङ्देनले शारीरिक सुगठनले पनि अहिले चर्चा परिचर्चा पाउन थालेको बताए । उनले भने–‘पहिले पहिले सुन्दरी प्रतियोगिता, खेलकुदहरुलाई मात्र विशेष ध्यान दिइन्थ्यो अहिले यस बडी बिल्डिङलाई पनि राखेपले खेलको रुपमा लिएको छ । यसमा मोरङ जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगितामा हाम्रै पथरीशनिश्चरेका विजेता तीनै जना भाइहरुलाई हार्दिक बधाई दिन चाहन्छु ।’ पथरीशनिश्चरेमा एक वर्ष अघि स्थापना भएको फिटनेश क्लबले खेलाडी उत्पादनमा अझ योगदान दिने नेपालीले बताए । पत्रकार सम्मेलनमा बिजयी खेलाडीले प्राप्त ट्रफी समेत प्रर्दशन गरिएको थियो भने बिजयी खेलाडीले आफ्नो कला समेत प्रस्तुत गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…