• बुद्धशान्ति  । नवज्योति क्लब जयपुर झापाको बुद्धशान्ति –१ भोटेटारमा जारी प्रथम भोटेटार क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रबेश गरेको छ । आज मङ्गलबार भएको खेलमा धाइजन स्पोटिङ क्लबलाई २।१ ले पराजित गर्दै नवज्योति क्लब सेमीफाइनलमा प्रबेश गरेको हो । आजको खेलसँगै सेमीफाइनलको समीकरण पनि पुरा भएको छ ।



    भोलि बुधबार देखि सेमीफाइनलका खेलहरु सुरु हुने सहप्रायोजक बुधबारे जेसीजका अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो । अध्यक्ष भण्डारीका अनुसार भोलि पहिलो सेमीफाइनलमा आयोजक भोटेटार क्लब र खुदुनाबारी स्पोटिङ क्लब बिच प्रतिस्र्धा हुने छ । त्यसैगरि बिहिबार हुने दोस्रो तथा अन्तिम सेमीफाइनलमा कुटिडाँडा क्लब इलाम र नवज्योति क्लब जयपुर भिड्ने छन् ।



    झापा र इलामका ८ टिम सहभागी प्रतियोगिताको उपाधि भिडन्त मंसिर २२ गते हुने आयोजकका गजुहाङ योङहाङले जनाएका छन् । भोटेटारको खेल मैदानमा जारी प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार रुपैँया र उपविजेताले नगद २० हजार रुपैँया सहित शिल्डकप र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…