• देबु बानियाँ

    झापा । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले जनकपुरमा हुन लागेको ४५ औँ राष्ट्रिय महाधिवेशन सोचे भन्दा उत्कृष्ट तयारी भइरहेको बताउनु भयो ।
    महाधिवेशनको पूर्वसन्ध्यामा महाधिवशेन स्थल र त्यहाँको अवस्थाबारे बुझ्नका लागि जनकपुर आउनु भएका राष्ट्रिय अध्यक्ष बस्यालले आफुले सोचे भन्दा उत्कृष्ट रुपमा तयारी भइरहेको बताउनु भएको हो ।
    पुस ७ गतेबाट सुरु हुने ४ दिने महाधिवेशनको तयारीमा जुटेको आथित्यता शाखा जनकपुर जेसीजले अहिलेसम्म भएका कार्य र आगामी दिनका रणनीति र कार्यक्रमका बारेमा राष्ट्रिय अध्यक्षलाई अवगत गराएपछि उहाँले महाधिवेशनको तयारीप्रति आफू पूर्ण सन्तुष्टि भएको र यसलाई यहि गतिमा अघि बढ्ने बताउनु भयो ।
    ‘हरेक कामलाई गम्भिरताका साथ तिब्र गतिमा अगाडी बढाइरहनु भएको छ’ तयारीको अनुगमनपछि अध्यक्ष बस्ययलले भन्नु भयो–‘आफुले पाएको जिम्मेवारीलाई सबै साथीहरुले उत्तिकै महत्वपूर्ण मानेर आ आफ्नो क्षेत्रबाट काम गरिरहनु भएको छ । सहभागिलाई खाना, बस्नको व्यवस्था, आथित्यता सत्कार, कार्यक्रम स्थलको निर्माण, पत्राचारलगायतका कामहरु धमाधम भइरहेका छन् । अबको १५ दिनभित्रमा लगभग सबै कामहरु सम्पन्न हुनेछन् ।’ 
    देशभरबाट करिब २२ सयको सहभागिता रहने अपेक्षा गरेको आथित्यता शाखा जनकपुरले सोही अनुसार खाना र बस्नको व्यवस्थापन गरिरहेको उहाँले बताउनु भयो ।
    ‘धेरैलाई जनकपुर महाधिवशेन कस्तो हुने हो भन्ने चासोको विषय रहेको छ्’ राष्ट्रिय अध्यक्ष बस्यालले भन्नु भयो–‘जनकपुरको स्वागत अनि यहाँको बस्ने व्यवस्थाका बारेमा धेरैले चिन्ता लिनु भएको थियो । तर, तपाईहरु ढुक्क हुनुहोस् । जनकपुर महाधिवेशन तपाईहरुले सोचे भन्दा फरक, उत्कृष्ट र भव्य हुनेछ । जनकपुरबासीले आम जेसीजकर्मीहरुको स्वागतमा कुनै पनि कुरामा कमि भएको महसुस गराउनु हुने छैन । यसमा म विश्वस्त छु ।’
    आइतवार जनकपुर आउनु भएका अध्यक्ष बस्याल सोमबार पनि दिनभर यहाँको तयारीका बारेमा आथित्यता शाखासँग छलफल, अन्तरक्रिया र विभिन्न परामर्शहरु गर्नु भएको थियो । छलफलको क्रममा महाधिबेवशन निर्देशक सन्तोष कुमार शाहले हालसम्म भएका कामहरुको बारेमा अध्यक्ष बस्याललाई जानकारी गराउनु भएको थियो । निर्देशक शाहले नेपाल जेसीज र विभिन्न शाखाहरुले सोचे भन्दा उत्कृष्ट र ऐतिहासिक महाधिवेशन हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले यो महाधिवेशन नेपाल जेसीजसँगको सहकार्य, देशभरका शाखाहरुको साथ सहयोग र सिंगो जनकपुरबासी उत्साहपूर्ण साथ र सहयोगले पनि थप राम्रो हुने बताउनु भयो । शाखाको सचिवालयमा करिब ४ घण्टा चलेको छलफलले महाधिवशेनमा गर्नु पर्ने कार्यक्रमहरुको खाका तयार पारिएको थियो ।

    त्यसक्रममा शाखा अध्यक्ष जितेन्द्र महासेठ, उप निर्देशक मनिष रमन शाह, अर्का उप निर्देशक लक्ष्मीनारायण शाह, कोषाध्यक्ष अभिषेक चौधरी, आवास समितिका संयोजक शंकरप्रसाद शाह, शाखाका महासचिव तथा महाधिवेशनका महासचिव तुलसी पञ्यिार, निवर्तमान अध्यक्ष सुदिप कोइरालालगायतले हालसम्म आ आफ्नो क्षेत्रमा भएको प्रगतिका बारेमा राष्ट्रिय अध्यक्षलाई जानकारी गराएका थिए । राष्ट्रिय अध्यक्ष बस्यालसहित नेपाल जेसीजका उपाध्यक्ष अमिश ढकाल, कोषाध्यक्ष हेमराज ओझा, राष्ट्रिय अध्यक्षका मुख्य कार्यकारी सहायक भीम गिरी, राष्ट्रिय अध्यक्ष बस्यालसहित यहाँ आउनु भएका नेपाल जेसीजको टिमले आथित्यता शाखालाई थप उत्प्रेरणा र हौषला मिलेको महाधिवेशनका महासचिव तुलसी पञ्यिारले बताउनु भयो ।
    जनकपुर मन्दिर परिसरबाट करिब ८ सय मिटरको दुरीमा रहेको महाधिवेशन स्थलमा पण्डाल निर्माणका कामहरु सुरु भएको महाधिवेशनका उप निर्देशक मनिष रमन शाहले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…