• काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधव कुमार नेपालले देशलाई इसाईकरण गर्न आफ्नो निवास कोटेश्वरमा सक्रिय नेता कार्यकर्ताको भेला गरेका छन् ।

    नेपाल निवास कोटेश्वरमा आज बिहान भेला भएका सक्रिय नेता कार्यकर्ताहरुको बैठकमा नेपाललाई इसाईकरण गर्ने बारे रोडम्याप तयारी भइसकेको भन्दै त्यसमा लाग्न निर्देशन दिएको स्रोतको दावी छ ।

    विवादीत चर्चको सम्मेलन नेपालमा गराउन सफल भएको भन्दै नेता नेपाले खुशी समेत व्यक्त गर्दै अबको केहि समयभित्रै नेपाललाई इसाई राष्ट्र बनाएर छाड्ने प्रतिवद्धता समेत जाहेर गरेको बैठकमा उपस्थित एक नेताले जनाएका छन् ।

    नेपालपानाको सम्पर्कमा आएका ती नेताले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, पार्टीका प्रमुख नेताहरु इसाई राष्ट्र बनाउनेबारे समहत रहेको र केहि नेता बटारिदैमा आत्तिन नहुने भन्दै उपस्थित सबैलाई आश्वस्त बनाउने कोसिस गरेका थिए ।

    नेता नेपाललाई उदृत गर्दै ती नेताले भने, नेपालमा बिना कुनै रोकटोक हिन्दु धर्मबारे धावा बोलियो, राजा फालियो के गरिएन ? अब हाम्रो मिसन भनेको नेपाललाई इसाई राष्ट्र बनाउने हो । यसैको उपज एसिया प्यासिफिक समिट हो । जहाँ देख्नु भो नी त । प्रधानमन्त्री आेली जी, सभामुख महरा जी, म  त्यहि थियाै । प्रचण्ड झलनाथ जी समेत आउने कुरा थियो तर विविध प्राविधिक कारणले गर्दा उहाँहरु आउन सक्नु भएन यसबारे कालान्तरमा थाहा भइहाल्छ ।

    झण्डै दुई घण्टा लामो छलफलका क्रममा नेता नेपालले समिटको वचाउ गर्दै एकनाथ ढकालको समेत वचाउमा उत्रिनु भन्दै निर्देशन दिएर पठाएको स्रोतको दावी छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…